पथहरू 08 -- ख्रीष्ट को हुनुहुन्छ?
राजनीतिक पार्टीहरु र धर्महरु आफ्नो सिद्धान्त र संस्थापकहरुको जीवनीलाई पुस्तकहरु र इन्टरनेटमार्फत प्रदर्शन गर्नछन्, आफ्ना सिद्धान्तलाई उज्यालो रंग र रोमाञ्छक प्रचारमा प्रस्तुत गर्ने प्रयास गर्छन् ।
मरियमको पुत्र यस प्रचारको नजिकमा सजिलै नम्रतापूर्वक उभिनुभएको छ। उहाँलाई चिन्न चाहने हरेक मानिसहरुलाई उहाँले आफ्नो परिचय दिनुहुन्छ। नयाँ नियममा “ख्रीष्ट“ शीर्षक ५६९ पटक देखा परेको छ। मरियमको पुत्र आफैले आफ्नो पहिचान यसरी व्यक्त गर्नुभयो।, “परमप्रभुको आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार प्रचार गर्न अभिषेक गर्नुभएको छ; उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्न, कैदमा परेकाहरूलाई छुटकारा र नेत्रबिहिनहरूलाई दृष्टि पुनर्प्राप्तिको घोषणा गर्न, अन्यायमा परेकाहरूलाई स्वतन्त्र पार्न र परमप्रभुको स्वीकार्य वर्षको घोषणा गर्न पठाउनुभएको छ।“ (लूका ४ः१८–१९)
अभिषिक्त ख्रीष्टले आफ्नो जन्मभन्दा ७०० वर्ष अघि अगमवक्ता यशैयालाई प्रकट गरिएको माथिका भविष्यवाणीहरु बोलेर आफ्नो रहस्य खोल्नुभयो (यशैया ६१ः१,२)।
मरियमको पुत्र परमप्रभुको आत्माबाट जन्मनुभएको थियो। यसको अतिरिक्त, परमेश्वरले ख्रीष्टमाथि आफ्नो पवित्र आत्माको पूर्णता पठाउनुभयो ताकि उहाँ उहाँसँग पूर्ण एकतामा काम गर्न सकून् र परमेश्वरको इच्छा पूरा गर्न सकून्। उहाँले सधैं पापरहित, शुद्ध र पवित्र जीवन बिताउनुभयो।
ख्रीष्टले गवाही दिनुभयो कि उहाँ, “परमप्रभुको आत्माले अभिषेक गरिएको व्यक्ति“ हुनुहुन्छ। पुरानो नियममा, राजाहरू, प्रधान पूजाहारीहरू र अगमवक्ताहरूलाई पवित्र तेलले अभिषेक गरिएको थियो,जुन परमेश्वरको शक्ति र बुद्धिले सुसज्जित भएको चिन्हको रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न थियो। पुरानो नियममा पवित्र तेलले सुसज्जित हुने यो चिन्ह ख्रीष्टमा प्रकट भएको कुराको छाया मात्र थियो। उहाँलाई अनन्त राजा (दानियल ७ः१३–१४), अन्तिम प्रधान पूजाहारी (भजनसंग्रह ११०ः४), प्रतिज्ञा गरिएको अगमवक्ता (व्यवस्था १८ः१५), पापीहरूको लागि मध्यस्थकर्ता (यशैया ५३), र परमेश्वरको अवतारित वचन (यशैया ६१ः१–२) को रूपमा भविष्यवाणी गरिएका सबै कर्तव्यहरू पूरा गर्न पवित्र आत्माले अभिषेक गरिएको थियो। “ख्रीष्ट“ उपाधि मरियमको पुत्रको नाम होइन, तर परमेश्वरद्वारा योजना गरिएका र नियुक्त गरिएका उहाँका सेवाहरूको व्याख्या गर्दछ।
ख्रीष्टलाई कुन कारणले पठाइयो?
सृष्टिकर्ताले ख्रीष्टलाई पठाउनुभयो र गरिबहरूलाई प्रचार गर्न र उनीहरूलाई परमेश्वरको क्रोधबाट मक्त गराउने र न्यायको दिनमा धर्मी ठहराउने मुक्तिको सुसमाचार सुनाउन पवित्र आत्माले उहाँलाई शक्ति दिनुभयो।
परमेश्वरले ठूला, धनी, चत्तुर, विद्वान वा प्रतिष्ठित व्यक्तिहरूलाई प्राथमिकतामा राख्नु भएन, तर पहिले साना, असफल, पापी, दुर्बल, गरिब र मद्दतका आबश्यक भएकाहरूप्रति प्रेम र करुणा देखाउनुभयो। सर्वशक्तिमानले आफ्नो अभिषिक्त ख्रीष्टलाई दुःखी र बहिस्कार भएकाहरुकहाँ पठाउनुभयो ताकि उहाँबाट पवित्र आत्मा प्राप्त गरेर तिनीहरूलाई आशा, आत्मिक शक्ति र अनन्त जीवन प्रदान गर्न सकियोस्।
ख्रीष्टले आफ्नो सन्देशलाई “सुसमाचार“ भन्नुभयो – रोमाञ्चक असल समाचार। यो एउटा सन्देशले उहाँमा विश्वास गर्ने हरेकलाई परमेश्वरको परिवारमा ल्याउँछ, तिनीहरूलाई स्वर्गमा घर दिन्छ। सुसमाचारले संसारको घृणामाथि जित हासिल गर्छ। ख्रीष्टका वचनहरूले झूट, धुर्तता र छललाई भगाउँछन् र अशुद्धता र व्यभिचारलाई समाप्त गर्दछ। सुसमाचार सुन्ने र स्वीकार गर्ने र उहाँको सन्देशमा रहनेहरूमा परमेश्वरको आत्मा बास गर्नहुन्छ। सुसमाचार तपाईंलाई परमेश्वरको उपहार हो! जसले ख्रीष्टको यो अत्भुत प्रस्ताव पढ्दैन वा स्वीकार गर्दैन, त्यो गरिब, निराश र जीवित परमेश्वरसँगको संगतिबाट टाढा रहन्छ।
ख्रीष्टले घोषणा गर्नुभयो कि उहाँलाई परमेश्वरले चिन्ता र पापको कारण टुटेका हृदय भएकाहरुकहाँ पठाउनुभयो। ख्रीष्टले शैतानको चगुंलमा आफ्ना पापहरूले बाँधिएकाहरूलाई मुक्त गर्नुहुन्छ। उहाँले आध्यात्मिक रूपमा मरेका पापीहरूलाई उठाएर पवित्रता र धार्मिकताको जीवन दिनुहुन्छ। ख्रीष्टले खोक्रो शब्दहरू सिकाउनुभएन, तर उहाँले भनेका कुराहरू जिबित भयो। सुसमाचार र कुरानमा उहाँका चमत्कारहरू पढ्ने जो कोहीले पनि मरियमको पुत्र साँचो ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको प्रेमको शक्तिले अभिषेक भएको ब्यक्तित्व हुनुहुन्छ भन्ने कुरा जान्न सक्छ। उहाँ चिहानमा मर्नुभएको छैन – उहाँ जीवित हुनुहुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई प्रोत्साहित गर्नुभयो कि उहाँको ईश्वरिय शक्ति तिनीहरूमा प्रकट हुनेछ।
के तपाईं पवित्र आत्माले अभिषेक गरिनुभयो?
ख्रीष्ट स्वार्थी हुनुहुन्थेन ।उहाँले पवित्र आत्माको अभिषेक र उहाँको ईश्वरिय शक्तिलाई आफ्नो लागि राख्नुभएन। उहाँले ती निराशामा रहेकाहरूलाई पवित्र आत्मा अर्पण गर्नुभयो जसले आफ्नो हृदयमा परमेश्वरको शान्ति खोज्छन्, ताकि तिनीहरू पनि अनुग्रहको आत्माले अभिषेक हुन र परमेश्वरको प्रेमले पूर्ण रुपमा भरिन सकून्। तपाई आफैलाई सोध्नुहोस्, “के म मेरो पापले बाँधिएको अपवित्र व्यक्ति रहनुपर्छ? वा के म ख्रीष्टद्वारा शुद्ध र धर्मी ठहरिन र उहाँको पवित्र आत्माले अभिषेक हुन चाहन्छु?” उहाँले भन्नुभयो,
“जो मकहाँ आउँछ उसलाई म कुनै पनि हालतमा त्याग्नेछैन” (यूहन्ना ६ः३७);
“जसले ममाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ” (यूहन्ना ६ः३५,४७; ८ः१२; १०ः२७–२८; ११ः२५–२६); र
“जसले मलाई विश्वास गर्छ,म उसमा वास गर्छु”
प्रिय पाठक,
यदि तपाईंले यी ईश्वरीय प्रतिज्ञाहरूको गहिराइलाई बुझ्नुभएको छ भने, अभिषिक्त ख्रीष्टको लागि आफ्नो हृदय खोल्नुहोस्, ताकि उहाँले तपाईंलाई पनि आफ्नो पवित्र आत्माले अभिषेक गर्नुहुनेछ।
ख्रीष्टले यस ईश्वरीय अभिषेकको रहस्य घोषणा गर्नुभयोः ख्रीष्टको आगमन परमप्रभुको ग्रहणयोग्य वर्ष ल्याउन हो। मोशाको शरिया(पुस्तक)मा, हामी पढ्छौं कि पचास वर्ष पछि, सबै दासहरूलाई तिनीहरुको दासत्वबाट छुटकारा गरिनुपर्छ र तिनीहरूको अघिका सबै सम्पत्तिहरु तिनीहरूलाई फिर्ता गरिनुपर्छ (लेवी २५ः१०)।
यो महान् ईश्वरिय मुक्तिको संकेत हो। ख्रीष्टले पापका दासत्वमा परेकाहरूलाई तिनीहरूको अपबित्रता र अपराधहरूबाट छुटकारा दिन चाहनुहुन्छ जसले तिनीहरूलाई प्रतिक्षा गर्नुभएको परमेश्वर तर्फ फर्काउनुहुन्छ। ख्रीष्टसँग यस्तो मुक्तिको अधिकार र शक्ति छ, हाम्रो पापको लागि उहाँको प्रतिस्थापन प्रायश्चितको लागि धन्यवाद। अघिल्लो समयमा, परमेश्वरले मोशा मार्फत व्यवस्था दिनुभयो, तर अनुग्रह र सत्यता मात्र येशू ख्रीष्ट मार्फत आएको छ (यूहन्ना १ः१७)। ख्रीष्टले पृथ्वीमा रहेका मानिसहरुको पापको लागि प्रायश्चित गरेपछि, हरेक मानिसहरु कुनै बाधा वा रोकावट बिना नै परमेश्वर तर्फ फर्कन सक्छन्। ख्रीष्टतिर फर्कने हरेकले परमेश्वरको राज्यको उत्तराधिकारको प्रतिज्ञाको रूपमा उहाँको पवित्र आत्माको अभिषेक प्रदान गरिनेछ। तिनीहरूले न्यायको दिनमा परमेश्वरलाई अनन्त न्यायाधीशको रूपमा देख्ने छैनन्। उहाँ तिनीहरूकहाँ एक दयालु पिताको रूपमा प्रकट हुनुहुनेछ जसले तिनीहरूलाई प्रतिक्षा गर्नुभएको छ र तिनीहरूलाई आनन्द र खुशीसाथ स्वीकार गर्दै हुनुहुन्छ।
मैले ख्रीष्टलाई कसरी चिनेँ?
म पापको कैदी र मेरा इन्द्रियहरूको आनन्दको गलामीको रूपमा बाँचेको थिएँ। म सधैं जसो त्यस्तो चीज खोजि गथें जसले मेरा इन्द्रिय आवश्यकताहरू पूरा गर्न सकोस्, मलाई सान्त्वना र खुशी दिन सकोस् र मेरो हृदयलाई प्रेमले भर्न सकोस्, तर मलाई कुनै फाइदा भएन। मैले सुखद अवसरहरूमा आनन्दका पलहरू अनुभव गरें, तर त्यस्ता सुखद क्षणहरू चाँडै हराउथे र शून्यताको अनुभूति फिर्ता आउथे । मैले जीवनर्शलीलाई निरन्तर बढाए,जबसम्म मैले दुःखहरूबाट छुटकारा दिने मुक्तिदाता येशू ख्रीष्टको बारेमा सुनिन्। मैले उहाँको खोजी गर्न शुरु गरे, र मेरो एक साथीले मलाई मरियमको पुत्रले मानवताको बाबजुत गरेका कामहरुका बारेमा बताए। उनले मलाई येशूले मेरो जीवनको मार्ग कसरी परिवर्तन गर्न सक्नुहुन्छ भनेर बताए।
Cखुशीको जीवन बिताउन सकूँ। तैपनि खुशी पाउन, मलाई थाहा भयो कि मैले मेरो हृदय उहाँलाई समर्पित गर्नुपर्छ ताकि उहाँले यसलाई प्रेम र आनन्दले भर्न सकून्। त्यसपछि मैले प्रार्थना गर्ने निर्णय गरेँ र मरियमको पुत्र ख्रीष्टलाई मेरो जीवन सम्हाल्न अनुरोध गरेँ। उहाँले साच्चै नै मेरो जीवनमा प्रवेश गर्नुभयो र ममा आफ्नो उद्धार कार्य सुरु गर्नुुभयो। अहिले म अनन्त आनन्द र खुशीका साथ बाँच्छु। सतावटको बावजुद मलाई डर वा चिन्ता पटक्कै लाग्दैन, किनकि उहाँले मेरो ख्याल राख्नुहुन्छ र मेरा हरेक आवश्यकताहरू पूरा गर्नुहुन्छ। प्रिय पाठक, म तपाईंलाई यो कदम चाल्न निम्तो दिन्छु र ख्रीष्टलाई तपाईंको हृदयमा पनि प्रवेश गर्न अनुरोध गर्दछु ताकि तपाईले तपाईको वरपरका सबै समस्याहरूको बीचमा अनन्त आनन्द र शान्तिको जीवन प्राप्त गर्न सक्नुभएकोहोस्।
प्रार्थना
सर्बौत्कृष्ट अनुग्रही र दयालु परमेश्वर, तपाईं पश्चात्ताप गर्ने सबैको आत्मिक पिता हुनुहुन्छ। ख्रीष्ट, अभिषिक्तलाई हाम्रो पापी संसारमा पठाउनुभएकोमा हामी तपाईलाई धन्यवाद दिन्छौं। हामी ख्रीष्टको नजिक आउन वा तपाईंको पबित्र आत्मा प्राप्त गर्न योग्य छैनौं, किनकि हामी सबै पापी छौं। तैपनि, तपाईंले आत्मामा गरिबहरूलाई आशीर्वाद दिनुहुन्छ। तपाईंले ख्रीष्टको प्रायश्चित स्वीकार गर्नुभयो; त्यसकारण, म तपाईंको प्रशंसा गर्छु र तपाईंलाई तपाईंको पवित्र आत्माले मलाई पनि अभिषेक गर्न अनुरोध गर्दछु ताकि म परिवर्तन हुन सकूँ र ख्रीष्ट झै बिनम्र, शुद्ध, अनन्त, दयालु, पवित्र र प्रेमले भरिपूर्ण बन्न सकूँ। आमेन।
के तपाईं ख्रीष्टको बारेमा अझै धेरै जान्न चाहनुहुन्छ?
हामी तपाईंलाई तपाईले अनुरोध गर्नुभएको खण्डमा, ध्यान र प्रार्थना सहित ख्रीष्टको सुसमाचार निःशुल्क पठाउन तयार छौं। हामीले मात्र तपाईंलाई यो सुसमाचार पढ्न प्रतिबद्ध हुन अनुरोध गर्दछौं ताकी तपाईले परमेश्वरको अनन्त शान्ति प्राप्त गर्न प्रार्थना गर्न सक्नुभएकोहोस् ।
आफ्ना साथीहरू बिच ख्रीष्टको सुसमाचार बाँड्नुहोस्
यदि तपाईंले ख्रीष्टद्वारा नयाँ जीवन अनुभव गर्नुभएको छ र उहाँको आत्मिक अभिषेक प्राप्त गर्नुभएको छ भने, यो पर्चा आफ्ना साथीहरूलाई दिनुहोस्। यदि तपाईंले ख्रीष्टमा विश्वास नगर्नेहरूलाई वितरण गर्ने निर्णय गर्नुभयो भने हामी तपाईंलाई थप प्रतिहरू पठाउन तयार हुनेछौं र ती प्राप्त गर्नेहरूका लागि प्रार्थना गर्नेछौं। हामी तपाईंको पत्रको प्रतीक्षामा छौं। हाम्रो पत्रहरू तपाईंसमक्ष पुर्याउनको लागि आफ्नो पूरा ठेगाना उल्लेख गर्न नबिर्सनुहोस्।
WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY
Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net