Waters of Life

Biblical Studies in Multiple Languages

Search in "Nepali":
Home -- Nepali -- Tracts -- Tract 04 (Peace to You!)
This page in: -- Armenian -- Baoule -- Burmese -- Chinese -- Dagbani? -- Dioula -- English -- French -- German? -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean -- Lingala -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai -- Turkish -- Twi -- Uzbek -- Wolof -- Yoruba

Previous Tract -- Next Tract

पथहरू 04 -- तपाईलाई शान्ति


हामी गम्भीर समयहरूमा बाँचिरहेका छौँ। आकाशबाट बमहरू वर्षा गरिन्छ, धेरै देशहरूमा लडाइँहरू सुरु हुन्छन्, सुक्ष्मजिवाणुले देशहरूलाई समाप्त गर्नको लागि तयार पारिएका छन्, अर्थतन्त्रहरू पतन हुँदैछन्, भोक, डर र निराशा व्याप्त छन्। धेरैले शान्ति र एकताको लागि आशा गुमाएका छन्।

ख्रीष्टले हामीलाई भविष्यको बारेमा चेतावनी दिएका थिएः “तिमी युद्ध र युद्धको हल्लाहरु सुन्नेछौ। ध्यान दिनु कि तिमीलाई त्रसित नहोस्; किनभने यी सबै कुरा अवश्य घट्नुपर्छ...“ ( मत्ती २४ः६)।

प्रकाशको पुस्तकमा हामीले पढछौं कि पृथ्वीबाट शान्ति हटाइएको थियो (प्रकाश ६ः४)। साथै, २,७०० वर्ष पहिला, परमेश्वरले आफ्नो भविष्यवक्ता यशैया मार्फत घोषणा गरे, “’शान्ति छैन,’ भनेर परमेश्वरले भन्छन्, ’दुष्टहरूको लागि’“ (यशैया ४८ः२२; ५७ः२१)।


दुष्ट मानिसहरू को हुन?

राम्रो नैतिक जीवनको कारणले धेरै बाँच्नेहरु आफ्नो वरिपरिका अरूभन्दा राम्रो सोच्छन्। तिनीहरू बहुसंख्यक भन्दा बढी शिक्षित र सफल पनि हुन सक्छन्। अरूले भनेका छन् कि तिनीहरूको राम्रो कामहरूले तिनीहरूको नराम्रो कामहरूलाई हटाउँछ ताकि न्यायको दिनमा तौल तिनीहरूको पक्षमा झुकेको हुन्छ। उनीहरू कति गलत छन! जब हामी आफैंलाई इश्वरसँग तुलना गर्छौं, हामी आश्चर्यजनक रूपमा कम हुन्छौं। जो कोही पनि इश्वरको पूर्णता र पवित्र दयाप्रति आफूलाई मापन गर्छ, ऊ त्यसमा स्वार्थी र घमण्डी देखिन्छ। के तपाईं कसैसँग आफूलाई तुलना गर्दै हुनुहुन्छ?

आजका दिनहरूमा धेरै जना इश्वरका आज्ञाहरू तोड्छन् किनभने हामीले पापमा बाँच्न बानी पारीसकेका छौं।

“पृथ्वीमा मानिसको दुष्टता बढेको, र तिनीहरुका हृदयका विचारहरूको हरेक भावना केवल सधैंको लागि खराबै मात्र भएको परमेश्वरले देख्नुभयो ।” (उत्पत्ति ६ः५)

भविष्यवक्ता दाऊदले ठूलो स्वरमा भन्छन्, “तिनीहरू सबै कुबाटोतिर लागेका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्; कसैले असल गर्दैनन्,अहँ, असल गर्ने एकजना पनि छैन।” (भजनसङ्ग्रह १४ः३; रोमी ३ः१०–१२)।

आज धेरै मानिसहरू सार्वजनिक रूपमा नकरात्मकता अभ्यास गर्छन्, कुनै लाज, लाजै नमानी, र पछुतो बिना। हाम्रो संसार सदोम र गोमोरा जस्तो भएको छ र हामी यसको भाग हौं! हामी पापलाई सहन गर्छौं र हामीलाई थाहा छ कि परमेश्वरको क्रोध हामी सबैमाथि पर्नेछ। “परमेश्वरले अभिमानीहरुको बिरोध गर्नुहुन्छ ,तर नम्रहरुलाई अनुग्रह गर्नुहुन्छ।“ (याकूब ४ः६)


शान्ति हामीलाई परमेश्वरबाट प्राप्त हुन्छ

दयालु परमेश्वरले भविष्यवक्ता यशैयालाई एउटा रहस्य प्रकट गर्नुभयो कि एक अद्वितीय बच्चा जन्मिनेछ। ऊ अद्भुत सल्लाहकार र शान्तिको राजकुमार हुनेछ। उसको आध्यात्मिक राज्यको कुनै अन्त्य छैन् (यशैया ९ः६–७)। जब मरियमको पुत्र बेथलेहेममा जन्मिए, तब स्वर्गदूतहरूले खुसी हुँदै गाए, “सर्बोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ ,तिनीहरुलाई शान्ति!“ (लूका २ः१४)

यस महान प्रस्तावको बाबजुद, केवल केही मानिसहरूले परमेश्वरको शान्तिमा आफूलाई खोल्छन् र उहाँको अद्भुत दया अनुभव गर्छन्। तथापि, परमेश्वरको अनन्त शान्तिले उहाँको वाचा स्वीकार गर्ने र उहाँमा विश्वास गर्ने सबैमा बसोबास गर्छ।

जब ख्रीष्ट मृत्युदेखि उठे, उनले डराएका चेलाहरू समक्ष प्रकट भएर भन्नुभयो, “तिमीहरुलाई शान्ति ।“ (यूहन्ना २०ः१९, २१, २६)

यस अभिवादनले, मरियमको पुत्र येशूले उनीहरुलाई अनन्त शान्तिको प्रस्ताव राख्नुभयो, त्यो शान्ति जुन उहाँले आफ्नो प्रायश्चित्तद्वारा स्थापित गर्नुभएको हो्, अनुग्रहपूर्ण भविष्यवाणी अनुसारः “निश्चित रूपमा उहाँले हाम्रा दुःखलाई बोक्नुभयो र हाम्रा दुखको भार लिनुभयो; तर हामीले उहाँलाई परमेश्वरद्वारा दण्डित र पीडितको रूपमा पायौं। तर उहाँ हाम्रा पापका लागि घाइते हुनुभयो, उहाँले हाम्रा अधर्मका लागि चोट लिनुभयो; हाम्रो शान्तिको दण्ड उहाँमा थियो, र उनका चोटहरूको कारण हामी निको भएका छौं। हामी सबै भेडाका जस्तै भडि्कएका छौं; हरेक एकजना आफ्नै बाटोतर्फ फर्केका छौं; र परमेश्वरले उहाँमा हामी सबैको अधर्मको बोझ थुपारिदिएका छन्।” (यसैया ५३ः४–६)

ख्रीष्टले आफ्नै दुखद विकल्पको माध्यमबाट हामीलाई परमेश्वरसँग एक हुन मद्धत गरिदिनुभयो र हामीलाई परमेश्वरको शान्ति र उहाँको अनुग्रह किनेर दिनुभयो।

मरियमको पुत्र येशू तपाईंलाई आफ्नो आध्यात्मिक शान्ति स्वीकार गर्न बाध्य पार्नु हुदैन, न त उहाँले यसलाई तपाईंमा थोपर्नु नै हुन्छ; तर उहाँले तपाईं अनुकूल र आभारसहित स्वीकार गर्नका लागि आफ्नो शान्ति प्रस्तुत गर्नुभएको छ।


शान्तिलाई स्वीकार गर्दै

ख्रीष्टले आफ्नो अनुयायिहरूलाई प्रोत्साहित गर्दै भने, “शान्ति म तिमीहरुसँग छोडिराख्छु। म तिमीहरुलाई शान्ति दिन्छु।संसारले दिएजस्तो म तिमीहरुलाई दिँदिनँ । तिमीहरुको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।“ (यूहन्ना १४ः२७)।

शान्तिको राजाले आफ्नो आत्मिक शान्ति प्रदान गर्नुहुन्छ, जुन उहाँमा टिकेर रहनेछ, ती सबैका लागि जो उहाँको शब्दमा विश्वास गर्छन्। जसले शान्तिको आत्मा प्राप्त गर्छ, ऊ “शान्तिको छोराको” वा “शान्तिको छोरीको” रूपमा परिवर्तन हुनेछ। प्रेरित पावलले आफ्ना अनुभवहरूसँग यो तथ्यलाई पुष्टि गरे जब उहाँले प्रकट गर्नुभयो, “विश्वासबाट धर्मी ठहरिएर हाम्रो प्रभु येशू ख्रीष्टमार्फत परमेश्वरसँग हाम्रो मिलाप भएको छ र हामीले शान्ति पाएका छौँ“ (रोमी ५ः१)।

खोजिरहेको थुप्रै मानिसहरूले वास्तवमा शान्तिको आत्मा प्राप्त गरेका छन् जुन अहिले उनीहरूको हृदयमा बास गर्नुहुन्छ। हामी तपाईंलाई प्रोत्साहित गर्छौं कि तपाईं परमेश्वरसँग प्रार्थना गर्नुहोस् कि उहाँको प्रतिज्ञा तपाईंमा पूरा होस, ख्रीष्टको प्रायश्चित्तको आधारमा, जसले आफ्नो शान्तिको प्रस्ताव गर्छ, जो कोहीले यो विश्वास गर्छ र उहाँबाट वाचा गरिएको उपहार प्राप्त गर्छ।

शान्तिको आत्माले तपाईंको मन र हृदयलाई सबै झुट र अशुद्धताबाट सफा गर्नमा समर्थन गर्नुपर्छ। उहाँले तपाईंलाई सुनिश्चित गर्नुहुन्छ कि ख्रीष्टको प्रायश्चित्तको लागि सबै पापहरू माफ गरिएका छन्। यो धन्य आत्मा, जसले तपाईंलाई परमेश्वरसँग ख्रीष्टको माध्यमबाट पुनर्मिलन गराउदँछ , तपाईंमा अनन्त शान्ति सिर्जना र स्थापित गर्दछ।


धन्य शान्ति ल्याउनेहरू

पवित्र आत्माले, ख्रीष्टका अनुयायीहरूमा, पवित्र प्रेम, दिव्य आनन्द, अनन्त शान्ति, धैर्यवान दया, लामो दुःखमा सहनशीलता, भलाई, विश्वसनीयता र आत्म नियन्त्रणको साथको नम्रता विकास गर्दछ (गलाती ५ः२२–२३)। के तपाईंलाई लाग्दैन कि तपाईंको हृदयले यस्ता गुणहरूको आनन्द लिन चाहन्छ? सफा आध्यात्मिक जीवन भनेको तपाईंको इच्छाको कुरा र तपाईंले खोजिरहेको लुकेको चाहना हो।

शान्तिका परमेश्वरले तपाईंलाई तपाईंका सडेको परिवेशहरुमा उहाँको शान्तिको मुल बनाउने चाहना राख्नुहुन्छ। जसले दिव्य शान्ति प्राप्त गर्छ उसले त्यो अरुमा पनि यसलाई प्रसारित गर्न सक्छ। जसले आफ्नो पापको माफी प्राप्त गर्छ, उसले पनि आफ्ना विरुद्ध पाप गर्नेहरूलाई माफी दिन सक्छ। ख्रीष्ट तपाईंको परिवार, विद्यालय र कार्यस्थलमा उहाँको शान्ति फैलाउन इच्छाशील हुनुहुन्छ । आफ्नो आध्यात्मिक सेवाहरूको बारेमा आत्मकेंद्रित वा गर्वित हुनु हुँदैन, किनभने मरियमको पुत्रले तपाईंलाई विनम्र र नम्र बनाउँनुहुन्छ जसरी उहाँले हाम्रो बीचमा जीवन बिताउनुभयो। ख्रीष्टले धर्मी र दुष्ट दुवैलाई सेवा गर्नुभयो। जसले उहाँको पाइला पच्छाउछ , ऊ घमण्डी हुँदैन तर ख्रीष्ट जस्तै सबैको लागि सेवक रहन्छ।

प्रेरित पावलले तपाईंलाई व्यक्तिगत रूपमा प्रभुको आशीर्वादको कुरा गर्नुभयो, जबसम्म तपाईं प्रसन्नता सहित प्रभुको सेवामा हुनुहुन्छः “समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरुको हृदय र तिमीहरुको मनलाई ख्रीष्ट येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४ः७)


के तपाईं परमेश्वररको शान्ति प्राप्त गर्न चाहनुहुन्छ?

यदि तपाईं हामीलाई लेख्नुहुन्छ भने, हामी तपाईंलाई ख्रीष्टको सुसमाचार ध्यान र प्रार्थनासहित पठाउनेछौं, जसले तपाईंलाई परमेश्वरको शान्तिमा दृढ रहन मद्दत पुर्याउन सक्छ।


तपाईको वरपरका मानिसहरुसँग परमेश्वरसँगको शान्तिको असल समाचार फैलाउनुहोस्

ख्रीष्टले आफ्नो शिक्षालाई यस प्रकारको सान्त्वनाको संक्षेपमा समाप्त गरेः “मैले तिमीहरुलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरुलाई शान्ति होस्। संसारमा तिमीहरुलाई दुःख हुनेछ; तर साहस गर, मैले संसारलाई जितेको छु।” (यूहन्ना १६ः३३)

यदि तपाईं यो पर्चाबाट प्रभावित हुनुहुन्छ र यसलाई तपाईको साथीहरू वा परमेश्वरको शान्ति नचिन्नेलाई वितरण गर्न इच्छुक हुनुहुन्छ भने, हामीलाई लेख्नुहोस् र हामी तपाईंलाई सीमित संख्यामा प्रतिलिपिहरू पठाउनेछौं, जुन तपाईले शान्तिको खोजी गर्नेहरूसँग वितरण गर्न सक्नुहुन्छ।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 12, 2026, at 04:07 AM | powered by PmWiki (pmwiki-2.3.3)