Home
Links
Bible Versions
Contact
About us
Impressum
Site Map


WoL AUDIO
WoL CHILDREN


Bible Treasures
Doctrines of Bible
Key Bible Verses


Afrikaans
አማርኛ
عربي
Azərbaycanca
Bahasa Indones.
Basa Jawa
Basa Sunda
Baoulé
বাংলা
Български
Cebuano
Dagbani
Dan
Dioula
Deutsch
Ελληνικά
English
Ewe
Español
فارسی
Français
Gjuha shqipe
հայերեն
한국어
Hausa/هَوُسَا
עברית
हिन्दी
Igbo
ქართული
Kirundi
Kiswahili
Кыргызча
Lingála
മലയാളം
Mëranaw
မြန်မာဘာသာ
नेपाली
日本語
O‘zbek
Peul
Polski
Português
Русский
Srpski/Српски
Soomaaliga
தமிழ்
తెలుగు
ไทย
Tiếng Việt
Türkçe
Twi
Українська
اردو
Uyghur/ئۇيغۇرچه
Wolof
ייִדיש
Yorùbá
中文


ગુજરાતી
Latina
Magyar
Norsk

Home -- Nepali -- 01 (Do You Know Jesus?)
This page in: -- Armenian -- Baoule -- Burmese -- Chinese -- Dagbani -- Dioula -- English -- French -- German? -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean -- Lingala -- Maranao -- NEPALI -- Peul -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai -- Turkish -- Twi -- Uzbek -- Yoruba

1 -- के तपाईले येशूलाई चिन्नुहुन्छ ?


जस-जसले इतिहासको अध्ययन गरेका छन्, उनीहरुले विभिन्न समयको अन्तरालमा अति महान एंव श्रेष्ठ व्यक्तिहरुलाई पाउछन्, जसले मानव सभ्यता मा प्रभाव पार्नुका साथै उनीहरुले देशलाई समेत एउटा आकार प्रदान गरेका छन्। ती एकजना व्यक्ति येशू ख्रिष्ट, मरियमको पुत्र हुनुहुन्छ । आज संसारको एक तिहाई जनसंख्याले उहाँको शिक्षाको अनुसरण गर्दछन् । येशूको नाम नै नयाँ नियमको सबैभन्दा महत्वपुर्ण नाम हो, जुन २७ वटा पुस्तकमा ९७५ पटक उल्लेख गरिएको छ ।

परमेश्वरद्धारा गब्रिएल स्वर्गदूतलाई कन्या मरियमकहाँ पर्ठाईयो । त्यसैगरी र्स्वर्गदूत पनि मरियमको पति योसेफकहाँ सपनामा प्रकट हुनुभयो । तिनीहरुलाई यसो भनियो कि मरियमको गर्भमा रहेको बालक पवित्र आत्माबाट हुनुहुन्छ, र तिनीहरुले “उहाँको नाउँ येशू राख्नुपर्नेछ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” (९मत्ती १:२०-२३; लूका १:३१)

यो नाम मानिसहरुले बनाएको नाम थिएन, तर परमेश्वरको इच्छाद्धारा निर्धारण भएको नाम थियो । मानिसहरुको छुटकाराको निम्ति परमेश्वरको योजना येशूको नाममा छ, एउटा यस्तो योजना जुन संसारको जगको शुरूवात हुनुभन्दा पनि पहिले नै निर्धारण भएको थियो । येशु नामको शाब्दिक अर्थ नै “करारको परमेश्वरले सहयता गर्नुहुन्छ र बचाउनु हुन्छ” भन्ने हो ।

परमेश्वरले नासरतका येशूद्धारा संसारको घटनाक्रम नै बदलिदिनु भएको थियो । मरियमका पुत्रले मानविय शिक्षाको बारेमा ब्यर्थमा भाषण दिएका थिएनन्, न त उनी भौतिक चमत्कारहरु मात्र नै गर्दथे । तर उहाँद्धारा परमेश्वर बोल्नुहुन्थ्यो र कार्यहरु गर्नुहुन्थ्यो । (यहून्ना ५:१९-२१; १४:१०-२४) उहाँको आगमनको उद्देश्य के थियो ? र उहाँको महान सामर्थको रहस्य के थियो ?


उहाँले हामीलाई घमण्डदेखि छुटकारा पार्नुहुन्छ ।

येशूले भन्नूभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ ।” (मत्ती ११:२८-२९) ती सबै जो आफ्नो जीवनलाई नियन्त्रण गर्नको निम्ति अर्समर्थ थिए, उनीहरु येशूकहाँ आउन उत्साहित थिए । जो कोहि उहाँकहाँ आउदछन्, येशूले उनीहरुलाई छुटकारा प्रदान गरि आराम दिनुहुनेछ ।

येशूले भन्नुभयो, “जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।” (मत्ती २०:२८) येशूलाई पछ्याउनेहरुले आफ्नो स्वार्थपनबाट चंगाई पाई आनन्दका साथ उहाँको सामर्थमा अरुहरुको सेवा गर्दछन् ।


उहाँले परमेश्वरको क्रोधबाट मुक्त गर्नुहुन्छ

एकमात्र परमेश्वरको क्रोध पाप गर्ने हरेक माथि छ । तर येशूले स्वयंमा विश्वासीहरुलाई पुनरुत्थानको दिनमा हरेक न्यायबाट छुटकारा दिनुहुनेछ ।(यहून्ना ३:१८; ५:२४) परमेश्वरले यस सत्यतालाई अगमवक्ता यशैयाद्धारा प्रकट गर्नूभएको थियो । “निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुस्ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुस्खमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ ।” (यशैया ५३:४-६)

येशूले मृत्यूभन्दा पहिला आफ्ना शत्रुहरुको निम्ति मध्यस्थता गर्दै परमेश्वरसँग प्रार्थना गर्नुभयो । “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्सो जान्दैनन्।” (लूका २३:३४) हामी निश्चन्त छौ की परमेश्वरले उहाँको करुणामय प्रार्थना सुन्नुभयो ।


उहाँले हामीलाई पापबाट मुक्त गराउनु भयो ।

येशूले जवाफ दिनुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पाप गर्ने प्रत्‍येक पापको कमारो हो। यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ ।” (यहून्ना ८:३४,३६) उहाँमाथि भरोसा गर्ने हरेकलाई येशूले पापको कैदबाट मुक्त पार्नुहून्छ । उहाँले जगतको पापलाई आफ्नो माथि लिएर हाम्रा निम्ति प्रायश्चित दिनुभयो । उहाँको प्रायश्चित मृत्यूले हाम्रा सबै अपराधहरुलाई धोईदिन्छ र उहाँको पवित्रआत्मा हामीमा बास गर्नुहून्छ र पापबाट बिजय पाउनको निम्ति हामीहरुलाई सामर्थ प्रदान गर्नुहुन्छ । (रोमी ८:९-११) त्यसकारण जो कोही येशूमा र उहाँको प्रायश्चितमा विश्वास गर्दछ, पुर्णरूपमा धर्मी ठहराइनेछन् ।


उहाँले शैतानमाथि विजय पाउनुभएको छ ।

येशूले शैतानमाथि विजय प्राप्त गर्नूभएको छ, उसको सामुन्ने दृढ भएर खडाहूनु भयो र त्यसको परिक्षामा फस्नुभएन् । (मत्ती ४:१-११; लूका ४:१-१३) आपतविपत एंव दुख आईपर्दा पनि येशूले आफुलाई परमेश्वरमा सुम्पनु भयो र पापरहित रहनु भयो । शैतानको कुनैपनि कार्य उहाँमाथि प्रवल हुन सकेन् । भुतप्रेत लागेका आत्माहरुबाट उहाँले भुतप्रेत र शैतानका आत्माहरु निकाल्नु भयो । यो अधिकार उहाँले आफ्ना चेलाहरुलाई पनि प्रदान गर्नुभयो । (लूका ९:१) जो कोहि उहाँको प्रायश्चितमाथि विश्वास गर्दछ, उ शैतानको सामर्थबाट छुटकारा पाउनेछ ।


उहाँ मृत्यूमाथि बिजय हुनुहुन्छ ।

येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ ।” (य हुन्ना ११:२५-२६)

येशू मृत्युबाट विजय भएर पुनजीवित हुनुभयो र शरिरमा उपस्थित भई आफ्ना चेलाहरुसित कुराकानी पनि गर्नुभयो । त्यसैप्रकारले उहाँले पनि आफ्ना अनुयायीहरुलाई मृत्युबाट छुटकारा दिई अनन्त जीवन प्रदान गर्नुहुनेछ ।


उहाँ घृणा र प्रतिशोधबाट चंगाई दिनुहुन्छ ।

येशूले आफ्ना सुन्नेहरुलाई यसरी आज्ञा दिनुभयो, “तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ ।“ (मत्ती ५:४४-४५; लूका ६:२७-२८)

एकमात्र जो परमेश्वरको आत्माबाट जन्मिनुभएको थियो उहाँले आफ्ना अनुयायीहरुका सबै पापहरु क्षमा गर्नुभयो र उनीहरुलाई पनि आज्ञा दिनुभयो कि उनीहरुले अरुहरु, जसले उनीहरुका विरुद्ध पाप गरेका छन्, क्षमा गरुन् । येशूको क्षमादिनुको उद्देश्य नै उहाँको महान प्रेम थियो । उहाँको आज्ञापालन गर्ने हरेकलाई उहाँले घृणा र प्रतिशोधबाट छुटकारा दिनुहुन्छ ।मरियमको पुत्रलाई आफ्नै मानिसहरुले अस्विकार गरे, अपमान गरे र घृणा गरे । यद्दपी मानिसहरुले उहाँलाई अस्विकार गरेता पनि उहाँले मानिसहरुका निम्ति प्रेम, मेलमिलाप, छुटकारा र सामर्थ प्रदान गर्नुभयो । हरेक जसले पापलाई त्यागेर उहाँको पछि लाग्नेछन् उनीहरु धर्मी ठहर्राईनेछन् र अनन्त जीवनको भागीदारी हुनेछन् ।

प्रिय पाठक वर्गहरु,
जीवत येशूले तपाईलाई उहाँको वचनमा विश्वास गर्न र उहाँमा भरोसा गर्नका निम्ति आमन्त्रित गर्नुहुन्छ । उहाँले तपाईलाई पवित्र आत्माको सामर्थ दिनुहुनेछ र तपाईलाई आत्मा, शरिर र प्राणमा शुद्ध तुल्याउनुहुनेछ । आफ्ना् हृदयलाई कठोर नपार्नुहोस् । उहाँको क्षमा र सामर्थको फाईदा उठाउनुहोस् र भविष्यमा आउने परमेश्वरको क्रोधबाट बच्नुहोस् । येशू नै तपाईको छुटकारा, रक्षक र परमेश्वरको सामुन्ने तपाईको मध्यस्थकर्ता हुनुहुन्छ । उहाँ नै तपाईको जीवन हुनुहुन्छ र तपाईको सुरक्षाको जिम्मा लिनुहुन्छ । त्यसकारण जानुहोस र उहाँको फैलिएको हाथमा आफ्नो हाथ राख्नुहोस् ताकि उहाँको पुर्णतामा तपाईले अनुग्रह माथि अनुग्रह प्राप्त गर्नुभएको होस् । (यहून्ना १:१६)

धन्यवादको प्रार्थना
हामीसँग प्रार्थना गर्नुहोस् :प्रिय येशू, तपाई नै यस जगतको उद्धारकर्ता हुनुहून्छ र मेरो पनि उद्धारकर्ता हुनुहुन्छ । तपाईले मलाई परमेश्वरको क्रोध र उहाँको न्यायबाट छुटकारा दिनुभयो । मेरो घमण्ड र स्वार्थपनबाट मलाई बचाउनुभयो । मलाई मेरा पापहरुबाट शुद्ध पानुहोस् र मलाई तपाईको जीवन र स्वर्गिय धार्मिकता प्रदान गर्नुहोस्, ताकी दुष्ट म माथि प्रवल हुन नसकोस् । मलाई आफ्नो एक अनुयायीको रुपमा लिनुहोस् र तपाईको शिक्षाहरु र आज्ञाहरु बुझ्नको निम्ति ममा प्रकाश दिनुहोस् । मेरो कमजोरीमा तपाईको सामर्थको वास भएको होस् ताकी पवित्र परमेश्वरलाई म मेरो जीवनबाट महिमा गर्न सकु । आमेन !


के तपाई येशु, मरियमको पुत्रको बारेमा अधिक जानकारी प्राप्त गर्न चाहनुहुन्छ ?

तपाईको विन्ती अनुसार हामी तपाईलाई निशुल्क ख्रीष्टको सुसमाचारको साथ अरु थप अध्ययनका सामाग्रीहरु पठाउन तयार छौ ।


आफ्नो छिमेकीहरुको बिचमा येशूको सु-समाचार बाट्नुहोस् ।

यदि यो पुस्तिकाले तपाईको जीवनलाई छोयो एंव तपाईले सामर्थ र साहस प्राप्त गर्नुभयो भने आफ्ना मित्र र छिमेकीहरुलाई भन्नुहोस् । हामी तपाईहरुलाई सिमीत मात्रामा अरु थप पुस्तिकाहरु पठाउन सक्छौ । तपाईलाई कति चाहिन्छ हामीलाई भन्नुहोस, तर याद गर्नुहोस कि यसले तपाईलाई अफठ्यारोमा नपारेको होस् । तपाईको पत्रको प्रतिक्षाको साथ हामी तपाईको निम्ति प्रार्थना गर्दछौं कि जीवीत परमेश्वरले तपाईलाई आशिष गर्नुभएको होस् । आफ्नो पुरा ठेगाना स्पष्टका साथ लेख्न नभुल्नुहोला ।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on August 05, 2016, at 07:37 PM | powered by PmWiki (pmwiki-2.3.3)