Waters of Life

Biblical Studies in Multiple Languages

Search in "Nepali":
Home -- Nepali -- Tracts -- Tract 10 (Do not be afraid, for I have redeemed you, I have called you by name; you are Mine!)
This page in: -- Armenian -- Baoule? -- Burmese -- Chinese -- Dagbani? -- Dioula? -- English -- French? -- German -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean? -- Lingala? -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai? -- Turkish? -- Twi? -- Uzbek -- Wolof? -- Yoruba

Previous Tract -- Next Tract

पथहरू 10 -- नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु, मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु; तँ मेरै होस्! (यशैया ४३ः१)


सबैजना आफूमाथि आउन सक्ने समस्या र खतराहरू देखि डराउँछन्। आफ्नो छेउमा दुर्घटना हुँदा हरेक व्यक्ति स्तब्ध हुन्छ। आफ्नो वरिपरि रक्तपातपूर्ण युद्ध र खतरनाक महामारी हुँदाको बारेमा सुन्दा उसको हृदयमा गहिरो झड्का लाग्छ। केही मानिसहरू निराशामा डरको थुप्रो हुन्,उनीहरु नर्भस भग्नावशेषको रूपमा बाँचिरहेका छन् तर प्रभुले तपाईंलाई डराउन रोक लगाउनुुहुन्छ, किनकि उहाँ जीवित हुनुहुन्छ, र उहाँ तपाईंलाई आक्रमण गर्न सक्ने प्रत्येक शक्तिमाथि बलवान हुनुहुन्छ। उहाँ तपाईंको पीडाभन्दा बुद्धिमानी हुनुहुन्छ। त्यसकारण, उहाँले तपाईंलाई के भन्नुहुन्छ,त्यसलाई सुन्नुहोस्।


नडरा!

परमेश्वरले तपाईंलाई अशुद्ध आत्माहरू र अपबित्र आत्मा(जिन)हरूसँग डराउन निषेध गर्नुहुन्छ। उहाँ चाहनुहुन्छ कि तपाईंले बुरी नजरमा विश्वास त्याग्नुभएकोहोस्। बच्चाहरूको कपडामा नीलो मोती लगाउने, आफ्नो घरको ढोकामाथि घोडाको नाल झुण्ड्याउने र काठमा ढकढक्याउने काम त्याग्नुहोस , यसो गर्ने सबैले यी कार्यहरूद्वारा स्वीकार गर्छन् कि यी अनुष्ठानहरू पछाडि रहेका आत्माहरू स्वयं प्रभुभन्दा शक्तिशाली छन्। परमेश्वर सबै भन्दा बलवान हुनुहुन्छ, तपाईंलाई बचाउन तयार र सक्षम हुनुहुन्छ किनभने उहाँ सबै आत्माहरूभन्दा शक्तिशाली हुनुहुन्छ।

प्रभुले तपाईंलाई प्रेम गर्नुहुन्छ र भविष्यको डरबाट छुटकारा दिनुहुनेछ। युद्ध, आणविक विकिरण र दुनियामा प्रदूषणको वृद्धिबाट नडराउनुहोस्। भविष्यमा यो देखिनेछ कि मानिसहरूको कुनै पनि क्रियाकलापले यो दुनियालाई बचाउन सक्दैन। परमेश्वर बाहेक हाम्रो लागि कुनै समाधान छैन। उहाँ सबै विचलनहरू भन्दा सर्बश्रेष्ठ हुनुहुन्छ। उहाँमा पूर्ण विश्वास गर्नुहोस्।

तपाईंको सृष्टिकर्ताले तपाईंलाई तपाईभित्र रहेको परीक्षा, बेरोजगारी, भोक र मानसिक दुःखको डर हटाउन चाहनुहुन्छ। उहाँ तपाईंलाई सहयोग गर्न र तपाईंसँग आफ्नो आत्मा बाँध्न तयार हुनुहुन्छ। त्यसकारण, आफ्नो पेशामा मेहनती हुनुहोस् र आफ्नो दिनहुको काममा विश्वासयोग्य हुनुहोस्, त्यसपछि तपाईंले देख्नुहुनेछ कि प्रभुले तपाईंलाई प्रशस्त आशिर्बाद दिनुहुनेछ। उहाँलाई हेर्नुहोस्, र तपाईंले संकष्टका घडिहरुमा मार्गदर्शन र सान्त्वना पाउनुहुनेछ।

सर्वशक्तिमानले तपाईंलाई तपाईंका दुस्मनहरूबाट, तपाईंलाई ईष्र्या गर्नेहरूको घृणाबाट, तपाईंको पसल वा देशबाट निकाला हुनबाट र चोरहरूको छलबाट सुरक्षा गर्नुहुनेछ। यदि तपाईं उहाँतिर फर्कनुभयो र उहाँमा रहनुभयो भने उहाँले तपाईको सुरक्षा गर्नुहुनेछ। तपाईंलाई आवश्यकता र निराशाले तपाईको जीवनमा बाढी ल्याउन सक्छ भने पनि, प्रभु तपाईंको शक्ति र आशा हुनुहुनेछ। त्यसैले उहाँबाट टाढा नजानुहोस्. उहाँले तपाईंलाई उहाँको नाममा सुरक्षित राख्नुहुनेछ।

अनन्तका प्रभुले तपाईंलाई मृत्युदेखि डराउन, चिहानको दण्डबाट थरथराउन र नरकको आगोबाट काँप्न निषेध गर्नुहुन्छ। उहाँ सक्षम हुनुहुन्छ, र तपाईंलाई बचाउन र सुरक्षा गर्न चाहनुहुन्छ। प्रभु मर्नु भनेको केही उपहास गर्नेहरूले भनेझैं होइन्, तर उहाँ जीवनको मुख्य स्रोत हुनुहुन्छ। उहाँको सामु आउनुहोस् र उहाँमा बास गर्नुहोस्, त्यसपछि तपाईंले जीवन र मृत्युको बीचमा शान्तिको अनुभव गर्नुहुनेछ।

परमेश्वर न्यायी हुनुहुन्छ र एकै समयमा, तपाईंका हरेक पापहरूबाट न्याय दिने ब्यक्तित्व हुनुहुन्छ। उहाँले मात्र तपाईंलाई तपाईंको दुष्ट कामहरूबाट पवित्र पार्न सक्नुहुन्छ। उहाँ न्यायको दिनमा आफ्नो क्रोधले तपाईंलाई नष्ट गर्न चाहनुहुन्न। तपाईंले आफ्नो राम्रा कामहरूद्वारा आफूलाई बचाउन सक्नुहुन्छ भन्ने नसोच्नुहोस्। परमेश्वर आफैंले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंको लागि अनन्त सफलताको एक ढोका खोल्नुहुन्छ।

अनन्त प्रेमले भरिपूर्ण परमेश्वर तपाईंलाई तपाईंबाट बचाउन, तपाईंको अपबित्र हृदयबाट बचाउन र तपाईंको घमण्डमाथि बिजय प्राप्त गर्न तयार हुनुहुन्छ। उहाँले तपाईंलाई तपाईंको प्रलोभनहरूमा बलियो बनाउनुहुनेछ, र तपाईंको जिब्रोबाट झट्टै निस्कने सेतो झूटलाई परास्त गनर्३हुनेछ। त्यसकारण आफ्नो हृदय उहाँको पवित्र आत्माको लागि खोल्नुहोस्, किनकि उहाँले तपाईंलाई पवित्र बनाउनुहुनेछ किनकी उहाँ पवित्र हुनुहुन्छ।

प्रभुले तपाईंलाई जीवनको सबै परिस्थितिहरूमा शान्तिपूर्ण रहन प्रोत्साहित गर्नुहुन्छ। उहाँले बाइबलमा ३६५ पटक आफ्नो स्पष्ट आज्ञा प्रकट गर्नुभयोः “नडराऊ।“ यो व्यक्तिहरू, परिवारहरू र जनतामा लागू हुन्छ – पुरुष र महिलाहरूमा। तपाईं वर्षको हरेक दिन प्रभुको यो आज्ञा अभ्यास गर्न सक्नुहुन्छ, ताकि तपाईं डरद्वारा नियन्त्रित हुनुहुन्न, तर प्रभुको शक्तिले यसलाई जित्नुहुनेछ। तपाईंको जीवन, तपाईंको योजनाहरू, र तपाईंको भविष्यको स्टेयरिङ ह्वील ख्रीष्टलाई सुम्पनुहोस् तब उहाँले कुनै पनि सांसारिक पिताले भन्दा बढी तपाईंको हेरचाह गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुरक्षा दिनुहुनेछ र प्रशस्त आशिष् दिनुहुनेछ।

जब तपाईं आफ्नो त्रसित हृदय उहाँको सामु खोल्नुहुन्छ, तपाईंले उज्यालो र शक्ति प्राप्त गर्नुहुन्छ जसले गर्दा तपाईं उहाँमा विश्वास गर्न सक्नुहुन्छ, उहाँलाई प्रेम गर्न सक्नुहुन्छ र भविष्यको लागि आशा प्राप्त गर्न सक्नुहुन्छ। त्यसपछि तपाईंको अघि थुप्रिएका डरका कारणहरूले तपाईंलाई नियन्त्रणमा राख्ने छैनन्। प्रभुले तपाईंलाई सबै खतराहरू र डरहरूबाट छुटकारा गर्न चाहनुहुन्छ भन्ने रहस्य पनि प्रकट गर्नुहुन्छ; उहाँले तपाईंलाई भन्नुहुन्छः


मैले तिमीलाई मुक्त गरेको छु

याकूबका सन्तानहरू मिश्रमा तिरस्कार गरेका दास थिए, र फारोहरूले उनीहरूको शोषण गरेका थिए। यद्यपि उनीहरूले परमप्रभु र उहाँको पिताको हेरचाहमा भरोसा राखेका थिए। त्यसकारण, उहाँले उनीहरूलाई प्रत्येक परिवारले एउटा निष्कलंक थुमाको वध गर्न र परिवारको प्रत्येक सदस्यलाई बगाइएको रगतको सुरक्षामा राख्न भन्नुभयो, ताकि सर्वशक्तिमानको क्रोध तिनीहरूबाट हटोस्। यदि तिनीहरूले त्यसो गरेनन् भने, उहाँले उनीहरूलाई उनीहरूको पापको लागि नष्ट गर्नुहुनेछ। याकूबका सन्तानहरूले परमप्रभुको आज्ञा पालन गरे र उहाँको बोलावटमा भरोसा गरे। त्यसैले उहाँले उनीहरूलाई परमेश्वरको निस्तार चाडको थुमाको रगतद्वारा उनीहरूको दासत्वबाट मुक्त गर्नुभयो र उनीहरूलाई छुटकारा र स्वतन्त्रतामा डोर्याउनुभयो।

अब्राहामले छुटकाराको रहस्य पनि अनुभव गरे, जब उसले आफ्नो एक मात्र कानुनी छोरालाई होमबलिको रूपमा, परमेश्वरको महिमा गर्नको लागि बलिदान गर्ने प्रयास गरे। तर प्रभुले उसलाई बलिदानको रूपमा एक व्यक्तिको हत्या गर्नबाट रोकिदिनुभयो र उसलाई आफ्नो छोरालाई मार्न कडा रूपमा निषेध गर्नुभयो, किनभने प्रभु आफैले उसलाई ठूलो बलिदानद्वारा छुटकारा दिनुभयो (सूरा अल-सफत 37:107)। यसरी पवित्र ईश्वरले आफ्नो अनुग्रहमा अब्राहामका सबै सन्तानहरूलाई ठूलो बलिदानद्वारा मुक्ति दिनुभएको छ, तिनीहरूलाई सदाको लागि छुटकारा दिनुभएको छ।

आज, प्रभुको प्रतिज्ञा, "मैले तिमीलाई छुटकारा दिएको छु," तिमी सम्म पुग्दैछ। यो प्रतिज्ञा भूतकालमा लेखिएको छ, किनकि तपाईंको लागि कार्य पूरा भइसकेको छ। यसले तपाइँलाई बताउँछ कि तपाइँको मुक्ति पूर्ण छ र फेरि गर्न आवश्यक छैन। जीवित प्रभुले उहाँको समाप्त भएको छुटकारा तपाईंमा लागू गर्न चाहनुहुन्छ, ताकि तपाईं यस संसार वा परलोकसँग डराउनुहुन्न, र तपाईंले "सायद" उहाँले मलाई छुटकारा दिनुहुनेछ भनी नभन्नुहोस्। सर्वशक्तिमान परमेश्वरले तपाईंलाई न्यायको दिनबाट, शैतानको छलबाट र तपाईंमा रहेको पापको शक्तिबाट छुटकारा दिनुभएको छ। तपाईंले आफ्नो छुटकारा कानुनी रूपमा पूरा भएको छ भनेर पहिचान गर्नुपर्छ। उपवास, प्रार्थना, भेटी, तीर्थयात्रा वा भगवानको लागि लडाइँ गरेर आफूलाई बचाउने कुरा तपाईंको हातमा छैन। प्रभुले तपाईंको लागि ठूलो छुटकारा पूरा गर्नुभएको छ, र तपाईंलाई आफ्नो कानूनी अधिकारको रूपमा उहाँको मुक्ति प्रस्ताव गर्नुभएको छ, जुन कहिल्यै प्रश्न गर्न सकिँदैन। उहाँले तपाईंलाई आफ्नो अनुग्रह सित्तैमा दिनुहुन्छ। त्यसकारण, नडराउनुहोस्, तर आफ्नो विशेषाधिकार स्वीकार गर्नुहोस्, तपाईंको उद्धारमा विश्वास गर्नुहोस्, र तपाईंको प्रभुको वचनमा विश्वास गर्नुहोस्। यदि तपाइँ तपाइँको मुक्ति मा विश्वास गर्नुहुन्छ भने, यो तपाइँको विश्वास अनुसार तपाइँ मा लागू हुनेछ।

यो तपाईंलाई अचम्म लाग्न सक्छ कि करारका प्रभुले यो प्रतिज्ञा "मैले तिमीहरूलाई पहिले नै छुटकारा दिइसकेको छु" विशेष गरी बेबिलोनमा लगिएका अट्टेरी मानिसहरूलाई दिनुभएको थियो। प्रभुले अनुमति दिनुभएको थियो कि तिनीहरूको अविश्वास र उहाँप्रतिको विरोधको कारण उनीहरूलाई टाढा लैजानेछ। तिनीहरूले आफ्नो घर र देश छोड्नु पर्यो, र तिनीहरूको मन्दिरबाट 800 किलोमिटर टाढाको मरुभूमिमा फ्याँकियो। तिनीहरू बिरामी र भयभीत भए र सहायताविहीन भए, र तिनीहरूमध्ये केहीले आफ्ना पापहरू सम्झे। उनीहरूसँग हतियार र पैसा थिएन। तिनीहरूको जीवन र प्रभु बाहेक अरू केही थिएन। यस डरलाग्दो अवस्थामा सर्वशक्तिमानले उनीहरूलाई आश्वासन दिनुभयो, "ममा भरोसा राख्नुहोस्, नडराओ, किनकि मैले छुटकारा पाएको छु, मैले तपाईंलाई नामले बोलाएको छु र म तपाईंलाई दास बनाउने सबै शक्तिहरू भन्दा शक्तिशाली छु।"

तपाईंको अवस्था जस्तोसुकै भए पनि, दयालु परमेश्वरले तपाईंलाई तपाईंको डर, निराशा र मृत्युको डंकबाट मुक्त गर्न चाहनुहुन्छ भन्ने कुरामा निश्चित हुनुहोस्। उहाँले तपाईंलाई ख्रीष्टको दुष्ट मृत्युद्वारा छुटकारा दिनुभएको छ - कानूनी रूपमा र सदाको लागि। मरियमको पुत्र परमेश्वरको थुमा र तपाईंको विकल्प हो जसले तपाईंको पापको लागि क्रुसको दण्ड सह्यो। त्यसकारण, तपाईंको सृष्टिकर्ता तपाईंको निर्दयी न्यायकर्ता हुनुहुन्न, तर उहाँ नै हुनुहुन्छ जसले तपाईंलाई धर्मी ठहराउनुहुन्छ र तपाईंको आध्यात्मिक पिताको रूपमा क्षमा गर्नुहुन्छ, तपाईंलाई हरेक दिन मद्दत गर्न तयार हुनुहुन्छ।


मैले तिमीलाई नामले बोलाएको छु

प्रेमको प्रभुले तपाईंलाई साँच्चै छुटकारा दिनुभएको छ भनेर नबिर्सनुहोस्! तपाईंले यो चमत्कार अनुभव गर्नुभएको छ कि छैन? दयालु प्रभुले तपाईंको लागि पाप, मृत्यु र शैतानको प्रलोभनबाट समेटिएको स्वतन्त्रता तयार गर्नुभएको छ। अनि परमप्रभुले तिम्रो लागि यो भन्दा धेरै गर्नुहुन्छ। उहाँले तपाईंलाई व्यक्तिगत रूपमा कल गर्नुहुन्छ। उहाँले तपाईंलाई डरलाग्दो न्यायकर्ताको रूपमा बोलाउनु हुन्न। होइन, उहाँ दयालु भएर तपाईंतिर फर्कनुहुन्छ, किनकि उहाँको क्रोध तपाईंबाट हट्यो, यदि तपाईंले परमेश्वरको थुमाको रगतको सुरक्षामा भरोसा गर्नुभयो भने। प्रभुले तिम्रो नाम जान्नुहुन्छ। उसले तपाई को हो भनेर जान्नुहुन्छ, तपाई आफैलाई भन्दा राम्रोसँग थाहा छ। उहाँले तपाईंका सबै रहस्यहरू जान्नुहुन्छ; तिनीहरू उहाँको लागि खुला छन्। यी सबैको बावजुद, उहाँले तपाईंलाई तपाईं जस्तै माया गर्नुहुन्छ।

कस्तो अद्भुत कथा! महान् परमेश्वरले तपाईंलाई, सानो मान्छेलाई भैm तपाईंको नाम काढेर बोलाउनुहुन्छ। तपाईं उहाँको लागि महत्वपूर्ण हुनुहुन्छ। उहाँले तपाईंलाई राम्रोसँग चिन्नुहुन्छ र तपाईंको वास्ता गर्नुहुन्छ। उहाँले तपाईंलाई आफ्ना वरदानहरू प्रदान गर्न र तपाईंको हृदय भित्रको बन्धनको साङ्लोबाट मुक्त गर्न चाहनुहुन्छ।बाहिर खेलिरहेका आफ्नो बच्चालाई जब कुनै बुबा अथवा आमाले नाम काढेर बोलाउँछन्, त्यो बच्चाले पुकार सुनेर थाहा पाउँछ कि उसलाई बिषेश रुपमा एक्लै राखिएको थियो र उसले प्रतिक्रिया दिनुपर्छ अन्यथा उसलाई समस्या उत्पन्न हुनेछ। त्यसकारण, होसियार रहनुहोस् र जान्नुहोस् कि तपाईंको सृष्टिकर्ताले तपाईंलाई बोलाउनुहुन्छ र तपाईंको उद्धारकर्ताले तपाईंलाई सम्बोधन गर्नुहुन्छ र तपाईंको सान्त्वनादाताले तपाईंलाई व्यक्तिगत रूपमा आपूmतर्पm आकर्षण गर्नुहुन्छ। जबसम्म उहाँले तपाईंलाई सम्बोधन गर्नुहुन्छ उहाँले तपाईंलाई आफ्नै तहमा उठाउनुहुन्छ, किनभने उहाँ तपाईंसँग बातचित गर्नुहुन्छ र उहाँको वचनले तपाईंलाई जीवित बनाउनेछ। कहिल्यै नबिर्सनुहोस् कि प्रभुले तपाईंलाई बोलाउनुहुन्छ। उहाँको स्वरलाई नबिर्सनुहोस्, किनभने यस स्वरमा उहाँले तपाईंलाई आफ्नो दया र अनुग्रह प्रदान गर्नुहुन्छ।

जब ख्रीष्ट पृथ्वीमा हामी बीच जिवनयापन गरिराख्नुभएको थियो, उहाँ आफ्नो प्रिय मित्र लाजरसको चिहानमा जानुभयो, जसको मृत्यु उहाँ आउनुभन्दा तीन दिन अघि भइसकेको थियो। येशूले आफ्नो साथमा वरपर रहेका मानिसहरूलाई चिहानबाट ढुङ्गा हटाउन भन्नुभयो, तर तिनीहरूले त्यसो गर्न चाहेनन्, किनभने लाजरस मरेको तीन दिन भइसकेको थियो र उनको लास गन्हाउँदै थियो । येशूले चिहानको ढुङ्गा जोड दिनुभयो, र ढुङ्गा हटाइएपछि, उहाँले ठूलो आवाजमा बोलाउनुभयो, “लाजरस, बाहिर आऊ।“ त्यसपछि, सूती कपडामा बाँधिएको शरीर (मरेको लाजरस)बाहिर आयो। ख्रीष्टको आवाजले मरेकाहरूलाई बौरी उठाउन सक्छ। (यूहन्ना ११ः३४–४४; सुरा अल–इमरान ३ः४९(साभार.मुश्लिम धर्मशास्त्र कुरान ) मरियमको पुत्रको बोलावटमा परमेश्वरको पूर्ण अधिकार र शक्ति समावेश छ।

आज ख्रीष्ट परमेश्वरसँग बस्नुहुन्छ, र उहाँको स्वर सुन्न चाहने हरेक व्यक्तिहरूलाई उहाँले बोलाउनुहुन्छ। उहाँले आज तपाईंको नाउँ काढेर बोलाउँदै हुनुहुन्छ। आफ्नो घमण्ड त्याग्नुहोस् र उहाँले तपाईंलाई तपाईंको पापहरूबाट पुनरुत्थान गर्नुहुनेछ, तपाईंलाई जीवित पार्नुहुनेछ, र तपाईंको मुक्तिदातामा बिश्राम दिनुहुनेछ। आनाकानी नगर्नुहोस् तर आफ्नो प्रभुलाई उत्तर दिनुहोस् र उहाँले तपाईंलाई बोलाउनुभएकोमा धन्यवाद दिनुहोस्।

संभवत् तपाईंलाई थाहा छ कि ख्रीष्ट आउनुभन्दा पहिले मण्डलीको लागि प्रयोग गरिने ग्रीक शब्द “एक्लेसिया“ को विशेष अर्थ थियो। यसको अर्थ प्रत्येक शहर वा नगर आफ्नै लागि जवाफदेही थियो, र त्यस सहर वा नगरका बासिन्दाहरूले “जिम्मेवार व्यक्तिहरू“ को भेला मार्फत निर्णय लिनुपथ्र्यो। यी जिम्मेवार व्यक्तिहरूलाई युद्ध वा शान्ति, कर वा कानून, र शहरको जीवनसँग सम्बन्धित सबै कुराको बारेमा निर्णय लिन शहरको केन्द्रमा बोलाइन्थ्यो। शहरका जिम्मेवार व्यक्तिहरूको बैठकको नाम एक्लेसिया थियो, जसको अर्थ बोलाइएकाहरु । एक्लेसिया वा (बोलाइएकाहरु)बोलावट भएकाहरूले आफ्नो शहरको जिम्मेवारी एकसाथ बोक्नुपथ्र्याे। येशू र उहाँका प्रेरितहरूले मण्डलीको रहस्य व्याख्या गर्न यो अभिव्यक्ति प्रयोग गरे, र यसलाई एक्लेसिया भने। यसको अर्थ यो हो कि तिनीहरूको मण्डलीको प्रत्येक आत्मिक सदस्यलाई प्रभुले आफ्नो नामले बोलाउनुहुन्छ। उहाँले तिनीहरूलाई शैतानिक सोचहरू र पापहरू त्याग्न, प्रभुको आत्माद्वारा मृत्यु र शैतानलाई जित्न, यस संसारको मोहमायाहरूबाट मुक्त हुन, र धर्मी ठहरिएकाहरू सबैसँग समुदायमा अरूको लागि जिम्मेवारी बोक्न प्रार्थना, भेटीहरू र सेवाहरू सहित आह्वान गर्नुहुन्छ।

आफैलाई मुल्याङ्कन आफै गर्नुहोस्! के तपाईं अरूको जिम्मेवारी वहन गर्ने बोलावट भएकाहरू मध्ये एक हुनुहुन्छ? वा तपाईं अझै पनि पाप र लोभलालचबाट प्रभावित हुनुहुन्छ? थाहा गर्नुहोस् कि ख्रीष्टले तपाईंलाई उहाँको सेवा गर्न तपाईंको नाउँ काढेर बोलाउनुभएको छ। उहाँलाई तपाईंको जवाफ के छ?


तिमी मेरो हौं

पवित्र परमेश्वरले तपाईलाई अनौठो वाक्यांशद्वारा आश्वासन दिनु भएको छ, “तिमी मेरो हौ। मैले तिमीलाई सिर्जना मात्र गरेका छैन् तर मैले तिमीलाई तिमी भित्रका विद्रोही विचार र व्यवहारबाट पनि उद्धार गरेको छु, र तिमीलाई शुद्ध पारेको छु,पबित्र बनाएको छु र तिमीलाई मेरो विश्वास गर्ने मानिसको रूपमा स्वीकार गरेको छु।” यो आश्वासन तिमीसम्म आइपुग्दैन किनकि तिमी अरू भन्दा असल छौ तर किनभने तिमीले परमेश्वरको उद्धारलाई स्वीकार गरेका छौ, जुन उहाँले तिम्रो लागि पूर्ण गर्नुभएको छ।

प्रभुले तपाईंलाई स्पष्ट पार्नुहुन्छ, “तिमी मेरो बहुमूल्य सम्पत्ति हौ। अब तिमी आफ्नो होइनौ, तर तिमी मेरो हौ। म सधैंभरि तिम्रो प्रभु हुँ। तिमी मेरो नजरमा बिषेश छौ, एकदमै उच्च मूल्यको साथ। म तिम्रो हेरचाह गर्नेछु; म तिमीलाई एक्लै छोड्ने छैन; म तिमीसँगै छु। तिमी मेरो परिवार र मेरो स्वर्गीय कुलको हौ। तिमी मेरो प्रेममा सुरक्षित छौ। म तिम्रो ग्यारेन्टी हुँ। म तिम्रो जिम्मेवारी वहन गर्नेछु, र म तिम्रो नाम कहिल्यै बिर्सने छैन। कसैले तिमीलाई मेरो हातबाट खोसेर लैजान सक्दैन। तिमी तिम्रो जीवन र मृत्युमा जे भए पनि तिमीलाई बिर्सिएको छैन। युगको अन्त्यसम्म पनि म सधैं तिम्रो साथमा छु, । म तिमीलाई बोलाउँछु, ताकि तिमी मेरो लागि आनन्दको कारण बन।“

एक जवान व्यक्ति थियो उसले कडा परिश्रम गर्यो र एक एक पैसा संचित गर्यो। अन्ततः उसले एउटा गाडी किन्न सफल भयो। ऊ अब एताउता गर्न र पहाडसम्म जान तथा तल आउन सक्ने भयो। उसलाई अब कुनै समस्याहरू थिएनन्। उसले आफ्ना गाडीलाई धोयो र यसको हेरबिचार गर्यो। राति उसले यसलाई सुरक्षित गर्यो, ताकि चोरहरूले यसलाई चोर्न नसकोस्। उसका सबै मन र विचार यसका नयाँ सम्पत्ति प्रति थियो। त्यसकारण, यदि एक साधारण मानिसले आफ्नो किनिएको सम्पत्ति प्रति एत्ती धेरै उत्साहित हुन्छ र त्यसको हेरचाह गर्छ र त्यसको मुल्य चुकाउछ भने जीवित परमेश्वरले हरेक विश्वासीलाई उहाँको बोलाबटको उत्तर दिनुहुनेलाई झन कत्ति धेरै गरी हेरचाह, सुरक्षा र माया गर्नुहुन्छ ।

आफ्नो हृदयमा परमेश्वरको आवाज सुन्ने र ख्रीष्टको प्रेमको लागि आफ्नो हृदयलाई खोल्ने र उहाँको आत्माको शक्ति प्राप्त गर्ने प्रत्येक व्यक्ति जो काहि नयाँ सृष्टि हुनेछ। प्रभुको आत्मा विश्वास गर्नेहरुमा बास गर्नुहुनेछ र परमेश्वरको थुमाले उनीहरुलाई धन्यवादले भरिएको जीवनमा डोर्याउनुहुनेछ र सङ्कष्ट र आवश्यकताहरूले भरिएको संसारको बीचमा शान्ति र सद्भाव स्थापित गर्नुहुनेछ। परमेश्वरको जीवन उनीहरुमा बग्छ र उद्धार गरिएका बोलावट भएकाहरूको जीवनमा काम गर्छ। के तपाईंले आफूलाई परमेश्वरको आध्यात्मिक सन्तानको रूपमा परमेश्वरमा समर्पण गर्नुभयो? वा के तपाईं अझै पनि आफ्नो सृष्टिकर्ता र उद्धारकर्ताबाट टाढा घुमिरहनुहुन्छ र उहाँलाई झन् झन् टाढा हुदैँ जानुहुन्छ?


के तपाईंले आफ्नो उद्धार बुझ्नुभयो?

यदि तपाईं आफ्नो प्रभुको प्रेम र तपाईंको लागि उहाँले गर्नुभएको पूर्ण छुटकाराको बारेमा अरु जान्न चाहनुहुन्छ भने, हामी तपाईंलाई निःशुल्क उपयोगी साहित्य पठाउन तयार छौं, जसले तपाईंलाई विश्वासमा बढ्न मद्दत गर्न सक्छ, यदि तपाईंले हामीलाई सोध्नुभयो भने।


साँचैमा, परमेश्वरले सबै मानिसको उद्धारको तयारी गर्नुभएको छ

उहाँले सबैसँग आफ्नो प्रेम प्रकट गर्नुभएको छ, चाहे ती असल हुन् या खराब। उहाँले तिनीहरूलाई आफ्नो पूर्ण छुटकारा निःशुल्क दिन चाहानुहुन्छ तर हामी दुखि छौै कि तिनीहरू अधिकांशले आफ्नो भाग्य जान्दैनन् र डर र दुःखमा अघि बढिरहेका छन्। यदि तपाई आफ्नो साथी र आफन्तलाई मद्दत गर्ने इच्छा गर्नुहुन्छ,जसले आफ्नो लागि पूर्ण उद्धारलाई समात्न सक्छन् ।तपाईंले माग गर्नुहुन्छ भने यसको लागि हामी तपाईंलाई यो पर्चाको सीमित संख्या पठाउन इच्छुक छौं । आफ्ना प्रभुलाई सेवा गर्नुहोस् किनकि उहाँले तपाईंलाई थाहा भएको भन्दा बढी सेवा गर्नुभएको छ।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 13, 2026, at 03:34 AM | powered by PmWiki (pmwiki-2.3.3)