Home
Links
Bible Versions
Contact
About us
Impressum
Site Map


WoL AUDIO
WoL CHILDREN


Bible Treasures
Doctrines of Bible
Key Bible Verses


Afrikaans
አማርኛ
عربي
Azərbaycanca
Bahasa Indones.
Basa Jawa
Basa Sunda
Baoulé
বাংলা
Български
Cebuano
Dagbani
Dan
Dioula
Deutsch
Ελληνικά
English
Ewe
Español
فارسی
Français
Gjuha shqipe
հայերեն
한국어
Hausa/هَوُسَا
עברית
हिन्दी
Igbo
ქართული
Kirundi
Kiswahili
Кыргызча
Lingála
മലയാളം
Mëranaw
မြန်မာဘာသာ
नेपाली
日本語
O‘zbek
Peul
Polski
Português
Русский
Srpski/Српски
Soomaaliga
தமிழ்
తెలుగు
ไทย
Tiếng Việt
Türkçe
Twi
Українська
اردو
Uyghur/ئۇيغۇرچه
Wolof
ייִדיש
Yorùbá
中文


ગુજરાતી
Latina
Magyar
Norsk

Home -- Nepali -- Tracts -- Tract 06 (Rejoice in the LORD Always!)
This page in: -- Armenian -- Baoule -- Burmese -- Chinese -- Dagbani? -- Dioula -- English -- French -- German? -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean? -- Lingala -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai -- Turkish? -- Twi -- Uzbek -- Wolof -- Yoruba

Previous Tract -- Next Tract

पथहरू 06 -- प्रभुमा सधैं आनन्द गर! (फिलिप्पी ४ः४)


टेलिभिजन हेर्ने जो कोहीले पनि युवा वयस्कहरूलाई डिस्कोमा अजीब प्रकारले नाचिरहेको, खतराहरूको बाबजुद पहाड चढेको र विशाल बेलुनमा संसारभर यात्रा गरेको देखिन्छ। तिनीहरूले आफ्नो आत्मामा रहेका गतिविधिहरू र व्यक्तिगत प्रयासहरू मार्फत शून्यताको भरपाई गर्ने प्रयास गर्छन्।

अर्को समूहले आरामको आनन्द लिन, आफ्ना समस्याहरू बिर्सन र पाप र आनन्दको जीवनशैली बिताउन पैसा कमाउँछन्। हामी अरूलाई अन्याय भएकोमा विलाप गरिरहेको पाउँछौं। तिनीहरू आफ्नो राष्ट्रको लागि उद्धारकर्ताको रूपमा आफूलाई विस्फोट गरेर बदला लिने शपथ खान्छन्।

थोरै संख्यामा मानिसहरू मात्र परमेश्वरतिर फर्केर उहाँलाई सोध्छन्, “छुटकारा पाउन हामीले के गर्नुपर्छ?” “तपाईं हामीले के गरेको चाहनुहुन्छ र हामीले के गर्नु हुँदैन?” परमेश्वरको कृपाले भाचिएका हृदय भएकाहरूलाई पवित्र सृष्टिकर्ताबाट सत्य सान्त्वना पाउन स्वर्गतिर आफ्नो आँखा उठाउन प्रोत्साहित गर्छ।

आफ्नो निराशामा डुबिरहेका मानिसहरूको जमात बृद्धि हुदै गइरहेको छ, तिनीहरूसँग यस जीवनमा अब कुनै उद्धेश्य वा आशा छैन। के यी दुःखीहरूले आफ्नो दुःखमा आशा प्राप्त गर्न सक्छन्? के हामी सबै परमाणु युद्धतिर दौडिरहेका छौं, जसले विश्वको जनसंख्याको एक तिहाइलाई नष्ट गर्न सक्छ?


सान्त्वनादायी खुलासा

चिन्ता र युद्धहरूको बीचमा अगमवक्ता नहेम्याहले आफ्नो प्रार्थनाको जवाफको रूपमा एउटा ईश्वरीय आवाज सुने, “उदास नहोओ, किनकि परमप्रभुको आनन्द नै तिमीहरूको बल हो“ (नहेम्याह ८ः१०)।

हामी जीवित परमप्रभुतर्फ आफ्नो हृदय उचालौं, किनकि उहाँले मात्र हामीलाई बिश्राम, आशा र शान्ति दिन सक्नुहुन्छ।

यस प्रकाशमा अगमवक्ताले पाएको विशेष सान्त्वना के थियो? परमप्रभुले उहाँलाई भन्नुभयो कि उहाँ आफैं आनन्द र खुशीले भरिपूर्ण हुनुहुन्छ। उहाँ बुद्ध जस्तै मुस्कुराउँदै र मानिसहरूको दुःखलाई वास्ता नगरी पन्छाउँदै बस्नुहुन्न। हाम्रा परमेश्वर सक्रिय आनन्द र उद्धारको खुशीले भरिपूर्ण हुनुहुन्छ। उहाँले सबै मानिसहरूको लागि छुटकाराको योजना ल्याउनुभयो। सर्वज्ञ सबै जान्नुहुदँछ कि असल गर्ने कोही छैन, सबै भ्रष्ट भएका छन्, कसैले पनि आफूलाई सुधार्न सक्दैन वा आफ्नो हृदयको रिक्ततालाई शान्ति र आनन्दले भर्न सक्दैन। परमप्रभु पापीहरूलाई पुःन नयाँ गर्न र तिनीहरूको अस्तित्वलाई अर्थ र आशा दिन चाहनुहुन्छ। नबिर्सनुहोस् कि परमेश्वरको पवित्र आनन्द तपाईंको बल हो! जसले उहाँमा पश्चात्ताप गर्छ उसले उहाँबाट शक्ति, सान्त्वना र साहस प्राप्त गर्छ। परमप्रभुले मात्र राहत दिनुहुन्छ – र उहाँको आत्मिक राज्य नजिकै छ।


एक उद्धारकर्ताको जन्म हुन्छ

बेथलेहेमका पर्वतहरूमा अचानक रात उज्यालो भयो, जब परमप्रभुका स्वर्गदूत आफ्नो चम्किलो महिमामा गोठालाहरूको अगाडि देखा परे, जसले आफ्नो बगालको पहरा दिइरहेका थिए। तिनीहरू डराएर भुइँमा लडे, जब स्वर्गको ज्योति तिनीहरूको वरिपरि चम्कियो। तिनीहरूले सोचे कि न्यायको दिन सूचना नदिइकन आयो। तिनीहरू धेरै डराए, किनकि तिनीहरूका पुराना पापहरू खडा भएर तिनीहरूको आँखा अगाडि देखा परे। तिनीहरू न्यायबाट बच्न चाहन्थे, तर तिनीहरूले सकेनन्, किनकि परमप्रभुको महिमाले तिनीहरूलाई टुक्राटुक्रा हने गरी छेड्यो।

तिनीहरूकहाँ देखा परेका स्वर्गदूतले न त तिनीहरूलाई हप्काए न त तिनीहरुसँग डराए, तर तिनीहरूलाई प्रोत्साहन दिए, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। किनकी आज दाऊदको शहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २ः८–११)।

यस अनुपम उपस्थितिसँगै, परमप्रभुको स्वर्गदूतले एउटा नयाँ युगको शुरुवात् गर्नुभयो, आनन्द र अनुग्रहको युग। परमेश्वरको मक्तिको योजना सत्यता पाउन लागिरहेको थियो। स्वर्गदूतले सबै मानिसहरूलाई परमेश्वरबाट बग्ने आनन्द र शान्तिको नदीबाट पानी लिन र प्राप्त गर्न आमन्त्रित गरे। परमप्रभुले आफ्नो अनुग्रह केवल धार्मी र सज्जनहरूका लागि मात्र खोल्नुभएन, तर दुष्ट र भ्रष्टहरूका लागि पनि खोल्नुभयो। स्वर्गदूतले पहिले विद्वान र बुद्धिमानहरूलाई निमन्त्रणा पठाएनन्, तर अशिक्षा र अज्ञानताहरूमा रहेकाहरुलाई पठाए ताकि परमप्रभुको ज्ञानले तिनीहरूलाई उज्यालो बनाओस्। यो अनौठो विशेषाधिकार केवल पुरुषहरूलाई मात्र प्रदान गरिएको थिएन, तर महिला र बालबालिकाहरूलाई, साथै थकित र बिरामीहरूलाई पनि प्रदान गरिएको थियो। परमप्रभुको आनन्द तिनीहरू सबैलाई ल्याइयो। परमप्रभुको स्वर्गदूतले सबैलाई किन आनन्दित हुन आदेश दिए? किनभने मुक्तिदाताको जन्म भएको थियो र उहाँको दयालु कार्यको शुरुवात भएको भयो।

सबैभन्दा दुःखको कुरा, उहाँका प्राय सबै मानिसहरूले शान्तिका राजकुमारलाई अस्वीकार गरे। तिनीहरू आफ्नो मन परिवर्तन गर्न इच्छुक थिएनन्। तिनीहरूको लक्ष्य शक्ति, पैसा र उच्च जीवनस्तर थियो। तिनीहरू आफ्ना दुश्मनहरूलाई जित्न र आफ्नो जीतको सरकार सुरक्षित गर्न घातक हतियारहरू प्रयोग गर्न चाहन्थे।


ख्रीष्टको महान प्रस्ताव

यसरी, ख्रीष्टले परमेश्वरतिर फर्केका पश्चात्तापी र दुःखीहरूलाई समेट्नुभयो। उहाँले उहाँकहाँ आएका बिरामीहरूलाई निको पार्नुभयो, तिनीहरूका सबै पापहरू क्षमा गर्नुभयो, भूत लागेकाहरूबाट भूतात्माहरू निकाल्नुभयो, आँधीलाई शान्त पार्नुभयो, आफ्ना भोका श्रोताहरूलाई सन्तुष्ट पार्नुभयो र तिनीहरूलाई पुष्टि गर्नुभयो, “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा रहोस्, र तिमीहरूको आनन्द पूर्ण होस्” (यूहन्ना १५ः११; १६ः२४)।

ख्रीष्टले यो ईश्वरीय रहस्यलाई आफ्नो मध्यस्थताको प्रार्थनामा पुष्टि गर्नुभयो, घोषणा गर्नुभयो कि उहाँको आफ्नै आनन्द उहाँका प्रियजनहरूमा पूर्ण रूपमा बास गरोस् (यूहन्ना १७ः१३)।

मरियमको पुत्रले आफ्ना अनुयायीहरूलाई मात्र प्रेम दिनुभएन, तर आफ्ना विरोधीहरू र शत्रुहरूलाई पनि आफ्नो प्रेम अर्पण गर्नुभयो। उहाँले तिनीहरूका पाप र अपराधहरू हटाउनुभयो र आफ्नो प्रायश्चितद्वारा तिनीहरूका दुश्कर्महरूको प्रायश्चित गर्नुभयो। ख्रीष्टले सबैलाई पवित्रसँग मिलाप गराउनुभयो; त्यसकारण ख्रीष्टसँग अनुग्रहद्वारा उहाँको धर्मीकरण स्वीकार गर्नेहरूलाई अपराधहरू क्षमा गर्ने र तिनीहरूमा अनन्त आशा स्थापित गर्ने अधिकार छ।

जब पुनरुत्थान हुनुभएको मरियमको पुत्र विजयी भएर परमेश्वरकहाँ उक्लि जानुभयो, उहाँले सबै शरीरमाथि पवित्र आत्मा खन्याउनुभयो (प्रेरित २ः१६–२१)। जसले आफ्ना पापहरूको पश्चात्ताप गर्छ र ख्रीष्टसँग विश्वासमा एकताबद्ध हुन्छ, उसले प्रेम, आनन्द र शान्तिको आत्मा धैर्य र आत्म–संयम सहित प्राप्त गर्नेछ (गलाती ५ः२२–२३)। परमेश्वरको आत्माद्वारा उनीहरूको नवीकरण मार्फत विश्वासीहरूको जीवनमा पुनरुत्थान सुरु हुन्छ, । शोक गर्नेहरूलाई सान्त्वना दिइनेछ, हताशमा हुनेहरुले आशा पाउनेछन्, पापीहरू धर्मी बन्नेछन्, र मृत्युको बाटोमा हिंड्नेहरू अनन्त जीवनको शक्तिमा बाँच्नेछन्। ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाउनुभएको क्षणदेखि, उहाँको चंगाई गर्ने र शुद्धीकरण गर्ने अनुग्रह प्रशस्तता र कोमलताका साथ मानवतामाथि बगिरहेको छ।

आफ्नो आत्मिक अनुभवबाट, प्रेरित पावलले लेखे, “प्रभुमा सधैं आनन्द गर। म फेरि भन्दछु, आनन्द गर!” (फिलिप्पी ४ः४)।

परमेश्वरको प्रेममा ध्यान केन्द्रित गर्ने, उहाँका वचनहरू पढ्ने र पालन गर्ने सबैमा परमेश्वरको आनन्द रहन्छ। ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रोत्साहन र शुनिश्चित गर्दै यसो भन्नुभयो, “आनन्द गर! किनकि तिमीहरूका नाम स्वर्गमा लेखिएका छन्“ (लूका १०ः२०)।

प्रिय पाठक,
के तपाईं एक्लो, हराएको वा विस्थापित जीवन बिताउनुहुन्छ? वा के तपाईं जीवित ख्रीष्टमा रहनुहुन्छ? जो मरियमको पुत्रलाई टाँसिन्छ उसले उहाँको शक्ति र आनन्दमा भाग लिन्छ। आफूलाई ख्रीष्टमा समर्पित गर्नुहोस्, त्यो अनन्त आनन्द तपाईंको हृदयमा यसको प्रलोभन र सतावटहरू सहितको नास्तिक संसारको बीचमा बास गर्नेछ।

के तपाईं परमप्रभुको आनन्दमा अडिएको हुनुहुन्छ? हामी तपाईंलाई ध्यान सहित ख्रीष्टको सुसमाचार पठाउन तयार छौं, ताकि तपाईंले यसमा परमेश्वरको पुर्नस्थापना गर्ने शक्तिको स्रोत पाउन सक्नुहुन्छ। बाइबल पढ्नुहोस् र दैनिक प्रार्थना गर्नुहोस्, ताकि परमप्रभुले तपाईंलाई उहाँको धार्मिकताको मार्गमा डोहोर्याउन सक्नुभएको होस्।
आफ्ना साथीहरूसँग परमप्रभुको आनन्द साँझा गर्नुहोस्: यदि तपाईंलाई यो पर्चा मन परेको छ र हताश र मन भड्किएकाहरूलाई यो दिन चाहनुहुन्छ भने, हामी तपाईंलाई वितरण गर्न केही प्रतिहरू पठाउन पाउँदा खुसी हुनेछौं। यो पर्चा स्वीकार गर्नेहरूका लागि प्रार्थना गर्नुहोस्।

हामी तपाईंको पत्रको पखाईमा छौं। आफ्नो पूरा ठेगाना स्पष्ट रूपमा लेख्न नबिर्सनुहोस्। हामी प्रार्थना गर्छौं कि परमप्रभुको आनन्दले तपाईंलाई भरिपूर्ण गर्नुभएको होस्।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 12, 2026, at 12:13 PM | powered by PmWiki (pmwiki-2.3.3)