Home
Links
Bible Versions
Contact
About us
Impressum
Site Map


WoL AUDIO
WoL CHILDREN


Bible Treasures
Doctrines of Bible
Key Bible Verses


Afrikaans
አማርኛ
عربي
Azərbaycanca
Bahasa Indones.
Basa Jawa
Basa Sunda
Baoulé
বাংলা
Български
Cebuano
Dagbani
Dan
Dioula
Deutsch
Ελληνικά
English
Ewe
Español
فارسی
Français
Gjuha shqipe
հայերեն
한국어
Hausa/هَوُسَا
עברית
हिन्दी
Igbo
ქართული
Kirundi
Kiswahili
Кыргызча
Lingála
മലയാളം
Mëranaw
မြန်မာဘာသာ
नेपाली
日本語
O‘zbek
Peul
Polski
Português
Русский
Srpski/Српски
Soomaaliga
தமிழ்
తెలుగు
ไทย
Tiếng Việt
Türkçe
Twi
Українська
اردو
Uyghur/ئۇيغۇرچه
Wolof
ייִדיש
Yorùbá
中文


ગુજરાતી
Latina
Magyar
Norsk

Home -- Nepali -- Tracts -- Tract 07 (The LORD comforts you!)
This page in: -- Armenian -- Baoule -- Burmese -- Chinese -- Dagbani? -- Dioula -- English -- French -- German? -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean? -- Lingala -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai? -- Turkish -- Twi -- Uzbek -- Wolof -- Yoruba

Previous Tract -- Next Tract

पथहरू 07 -- प्रभुले तपाईंलाई सान्त्वना दिनुहुन्छ!


यदि हामी हाम्रो संसारमा दुःखको स्तर र आँशुको नदीलाई पहिचान गर्न सक्दछौं भने, हामी ठूलो निराशा र त्रासबाट स्तब्ध वा पागल हुनेछौं। तथापि, तोराह र सुसमाचारले हामीलाई साँचो सान्त्वना प्रदान गर्छन् र तिनीहरूले अन्धकारको बीचमा हाम्रो मद्दत गर्छन्। दयालु परमेश्वरले भविष्यबक्ता यशैयालाई आशा भरिएका शब्दहरूसँग प्रेरित गर्नुभयोः “आमाले आफ्ना बालकलाई सान्त्वना दिएझै म तिमीहरुलाई सान्त्वना दिनेछु” (यशैया ६६ः१३) सर्वशक्तिमान परमेश्वरले आमाको माया र उनकी कोमलतालाई आफ्नै दयाको प्रतीक बनाउनुभएको छ। जो पनि परमेश्वरको सान्त्वना बुझ्न चाहन्छ, उसले आमाले आफ्ना बच्चाहरूलाई कसरी हेरचाह गर्छिन् भन्ने कुरा अवलोकन गर्न सक्छ, त्यसपछि उसले परमेश्वरको अनन्त सान्त्वना थाहा पाउनेछ।

एउटी आमा आफ्नो गर्भमा आफ्ना सन्तान बोकेर, पीडासँग उनीहरूको जन्म दिन्छिन्, त्यसैले उनका सन्तानहरू उनकै एक हिस्सा बनिन्छन्। उनले उनीहरूको जिम्मेवारी महसुस गर्छिन्, तिनीहरूलाई रात र दिन नभनी उनीहरूको हेरचाह गर्छिन्, तिनीहरूलाई भोक लाग्दा दूध खुवाउँछिन्, दिनमा धेरै पटक सफा गर्छिन्, तिनीहरूलाई अंगालो हाल्छिन्, तिनीहरूलाई हाँस्दै मज्जा दिन्छिन् र तिनीहरूसँग कुरा गर्छिन्, यद्यपि तिनीहरूले एउटा शब्द पनि बुझ्दैनन्। उनले कहिल्यै आफ्ना सन्तानहरूलाई एक्लै छोड्दिनन्, तर तिनीहरूको चिन्ता गर्छिन्, तिनीहरूलाई माया गर्छिन् र तिनीहरूको लागि प्रार्थना गर्छिन्, किनकि तिनीहरू परमेश्वर स्वयंले उनका हातमा दिएका एक खजाना हुन्। एउटी आमा आफ्ना सन्तानहरूप्रति करुणा र मायाले भरिपूर्ण हुन्छिन्।

जब उनका बच्चाहरु हर्कदै जान्छन्, उनी तिनीहरूको लागि लुगा र जुत्ता किन्छिन्, तिनीहरूको लागि कपडा धोइदिन्छिन्, पकाइदिन्छिन् र सफा गरिदिन्छिन्, र सम्भब भएसम्म तिनीहरूको लागि सर्वोत्तम स्कूल छान्छिन्। जब तिनीहरू विद्यालयबाट फर्कन्छन्, उनी तिनीहरूलाई पढाउँछिन् र गृहकार्य गर्नमा मद्दत गर्छिन्। यदि उनका बच्चाहरू पाप गर्दैछन् भने, उनी तिनीहरूलाई हप्काउर्छिन् वा सजाय दिन्छिन् । इमान्दारीका साथ ठूलो मान्छे बनाउने आशा गर्दै उनी तिनीहरुलाई लागुऔषध, यौन सम्बन्ध ,दुष्ट आत्मा र जादूटुनामुनासँगको सम्पर्कको बारेमा चेतावनी दिन्छिन्। उनी तिनीहरूका लागि असल साथीहरू खोज्ने प्रयास गर्छिन्। उनी आफैं आफ्ना बच्चाहरूका लागि सबै भन्दा असल उदाहरण हुन् ।

बच्चाहरूलाई थाहा छ कि तिनीहरू आफ्ना गल्तीहरूको बाबजुद घर फर्कन सक्छन्। तिनीहरूले आफ्ना समस्याहरू आफ्नी आमालाई स्वीकार गर्छन् र उनले ती समस्याहरू आत्मसात गर्छिन् र आफ्नो हृदयमा लुकाउँछिन्। उनी आफ्ना बच्चाहरूलाई साँचो विश्वास सिकाउँछिन् र तिनीहरूलाई परमेश्वरको महानताको बारेमा कथाहरू सुनाउँछिन्। एउटी आमा उनी सधैं यस्तो देखिन्छिन् कि उनी कहिल्यै थाक्दिनन्।


परमेश्वरको दया युक्त सान्त्वना

आमाको व्यावहारिक प्रेम, उनको दयालु करुणा, उनको बलिदानको तयारी र उनको धैर्यले हामीलाई परमेश्वरको प्रेम र सान्त्वनाको प्रतीक बनाउँछ। परमेश्वरसँग फर्कने सबैका लागि प्रेमले भरिएको छ। उहाँले हामीलाई सुनिश्चित गर्नुहुन्छः “ तिमीलाई सान्तवना दिने म नै हुँ।” (यशैया ५१ः१२) सृष्टिकर्ता र ब्रह्माण्डको नियंत्रकले आफ्नो भविष्यवक्तालाई र आफ्नो मानिसहरुलाई, यहाँसम्म कि तिनीहरूको कैदामा पनि, उहाँले तिनीहरूलाई सान्तवना र सहायता दिनको लागि तयार हुनुहुन्छ भन्ने कुरा पुष्टि गर्नुभयो। यदि तिनीहरूले उहाँतिर फर्कन्छन् र आफूलाई उहाँमा समर्पित गर्छन् भने उहाँ, सर्वशक्तिमान, सहायता र सान्तवना दिन इच्छुक हुनुहुन्छ। यसैले, यदि तपाईंको जीवनमा कुनै समस्या छ भने, त्यसलाई आफूसँगै आफूभिञ गुम्साएर नराख्नुहोस्, तर यसलाई तपाईंको परमेश्वरलाई सुम्प्नुहोस् र तपाईंले देख्नुहुनेछ कि उहाँले तपाईंमा विश्वास गर्दा ठूलो काम गर्न सक्नुहुन्छ।

सृष्टिकर्ताले हामीलाई सृष्टि गर्नुभयो र जीवन, शक्ति, मन, इच्छा, बुद्धि, शरीर र आत्मा दिनुभयो। हामी मृत पत्थर होइनौं, न त बहिरा कान नसुन्ने बिरुवाहरू, तर हृदय, मन र बिवेक भएको स्वतन्त्र मानिस हौं। सर्वज्ञ परमेश्वरले हाम्रो प्रतिभा र हाम्रो कमजोरीहरूलाई चिन्नुहुन्छ।उहाँलाई हाम्रो लागि सोझो बाटो थाहा छ र उहाँले हाम्रो लागि तयार पार्नुभएका असल कामहरूमा हामी हिँडेको चाहनुहुन्छ (एफिसी २ः१०)। उहाँसँग तपाईंको लागि एउटा विशिष्ट योजना छ। उहाँले तपाईंको आमाबाबुले भन्दा बढी तपाईंको हेरचाह गर्नुहुन्छ। उहाँ सधैं तपाईंको भलाइ चाहनुहुन्छ।

उहाँले तपाईंलाई डर, अपमान र भ्रममा एक्लै छोड्नुहुन्न, तर तपाईंको हेरचाह गर्नुहुन्छ र तपाईंलाई प्रार्थना गर्न सिकाउनुहुन्छ, “हामीलाई आजको दिनभरीको रोटी दिनुहोस्“ (मत्ती ६ः११)। नबिर्सनुहोस् कि उहाँले तपाईंको अगाडि शिक्षाको ढोका खोल्नुभयो। उहाँलाई तपाईंको लागि उपयुक्त साथी पहिले नै थाहा छ। उहाँले तपाईंको हेरचाह गर्नुहुन्छ र शैतानको छल र षड्यन्त्रहरूबाट तपाईंलाई बचाउनुहुन्छ। बुद्धिमानी हुनुहोस् र आफूलाई पिता परमेश्वरमा समर्पित गर्नुहोस् ताकि उहाँले तपाईंलाई सही मार्गनिर्देशन गर्न सकून्।

संसारमा भएको भ्रष्टताको लागि परमेश्वरको न्यायको आवश्यकता छ। तर, पवित्र परमेश्वरले हाम्रो विनाशलाई बाटो दिनु भएन, बरु उहाँले मरियमको पुत्र हामीलाई आफूसँग मिलाप गराउन पठाउनुभयो । उहाँले सबैलाई पश्चात्ताप गर्न र संसारका पापका लागि ख्रीष्टको प्रायश्चित्त स्वीकार गर्दै आफूतिर आउनका लागि आमन्त्रण गर्नुहुन्छ,।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र हामीलाई दिनुभयो। उहाँमाथि बिश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्तको जीवन पाओस् ।” (यूहन्ना ३ः१६)

जसरी आमाले आफ्ना बच्चाहरूलाई दिनमा धेरै पटक सफा गर्छिन्, त्यसरी नै सिद्ध पवित्र परमेश्वरले तपाईंलाई शुद्ध, पवित्र र नवीकरण गर्न चाहनुहुन्छ। दयालु र करुणामय परमेश्वर तपाईंको सबैभन्दा भयानक पिडाको घडीमा पनि तपाईंलाई मद्दत गर्न तयार हुनुहुन्छ। यदि तपाईंले उहाँको अगाडि आफ्ना पाप स्वीकार गर्नुभयो भने, उहाँ तपाईंको पापहरू, यहाँसम्म की तपाई भित्र लुकेका पापहरुलाई पनि क्षमा गर्न तयार हुनुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ, तपाईंसँग प्रत्यक्ष सिधै कुरा गर्न चाहनुहुन्छ, र तपाईं उहाँकहाँ आउनको लागि पर्खिरहनु भएको छ। तपाईंले उहाँको प्रेमको लागि कहिले उहाँलाई धन्यवाद दिनुहुन्छ, कहिले आफ्ना गोप्य कुराहरू उहाँलाई सुम्पनुहुन्छ र कहिले उहाँको असल इच्छा अनुसार हिंड्न सिक्नुहुन्छ,कहिले? उहाँले तपाईंलाई फराकिलो हात फैलाएर स्वागत गर्नुहुन्छ।

सर्वोच्चको योजना अझ भब्य रुपमा फैलिन्छ। उहाँ तपाईंलाई धर्मपुत्र बनाउन चाहनुहुन्छ ताकि तपाईं उहाँको आधिकारिक सन्तान बन्न सक्नुहोस्। उहाँ तपाईंलाई उहाँको पवित्र आत्मा प्रदान गर्न चाहनुहुन्छ ताकि तपाईं पनि उहाँको आध्यात्मिक पुत्र वा छोरी बन्नुहोस्। परमेश्वरको प्रेम हाम्रो मनभन्दा महान् छ। उहाँ तपाईंको मरणशिल शरीरमा आफ्नो अनन्त जीवन समावेश गर्न चाहनुहुन्छ। उहाँसमक्ष आउनुहोस्, उहाँलाई खोज्नुहोस् र उहाँको प्रतिज्ञाअनुसार तपाईंले उहाँलाई पाउनुहुनेछः “ जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ“ (यर्मिया २९ः१३)


ख्रीष्टको सान्त्वना

“धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।” (मत्ती ५ः४) ख्रीष्ट हाम्रो दुःखकष्टले भरिएको संसारमा आफ्नो ईश्वरीय प्रेम, करुणा लिएर आउनुभयो। गोठालो नभएका भेडाहरू जस्तै थाकेका र छरपष्ट भएकाहरु सबैप्रति उहाँले दया गर्नुभयो (मत्ती ९ः३६)। उहाँले आफ्ना चेलाहरूलाई दास नबनाईकन आफ्नो पछि लाग्न बोलाउनुभयो। उहाँ तिनीहरूको लागि उदाहरण हुनुहुन्थ्यो र तिनीहरूलाई नम्रतापूर्वक मार्गनिर्देशन गर्नुभयो। जब यूहन्ना र उनका भाइले तिनीहरूलाई ग्रहण गर्न अस्वीकार गर्नेहरूमाथि स्वर्गबाट ​​आगो बर्साउन आज्ञा दिन चाहन्थे, उहाँले तिनीहरूलाई हप्कारेर भन्नुभयो , “तिमीहरू कस्तो प्रकारको आत्माका हौ भनेर तिमीहरूलाई थाहा छैन” (लूका ९ः५५)।

जब चेलाहरूका वक्ता पत्रुसले आफ्नो गुरुलाई इन्कार गरे, येशूले पहिले नै उनलाई चेतावनी दिनुभएको भए तापनि, उनी धुरुधुरु रोए। यद्यपि, मृत्युबाट बौरी उठाइएका मरियमका पुत्रले उनलाई खोज्नुभयो, क्षमा दिनुभयो र आफ्नो प्रभुको सेवा गर्न फेरि आमन्त्रित गरेर सान्त्वना दिनुभयो।

जब विश्वासघाती चेला यहूदाले आफ्नो गुरुलाई चुम्बन गरेर शत्रुहरूको हातमा सुम्पियो, उहाँले त्यसलाई सराप्नुभएन वा हप्काउनु पति भएन, तर त्यसलाई सोध्नुभयो, “मित्र, तिमी किन आएका छौ? के तिमी मानिसको पुत्रलाई चुम्बनले धोका दिँदैछौ?“ (लूका २२ः४८; मत्ती २६ः५०)।

येशू परमेश्वरको अवतारित प्रेम हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुने उहाँको पिता कृपालु हुनुभए झै उहाँ पनि कृपालु हुनुहुन्थ्यो (लूका ६ः३६)। गरिब र बिरामीहरूप्रति निको पार्ने चमत्कारहरू उहाँको करुणाको प्रमाण थिए। जब ​​उहाँले आफ्नो एक मात्र छोरालाई गाड्न जाँदै गरेकी विधवा महिलालाई रोइरहेको देख्नुभयो, ख्रीष्टले अन्त्येष्टि यात्रा रोकिदिनुभयो, उनको छोरालाई जीवित पार्नुभयो र उसलाई उसकी आमाको साथमा फिर्ता दिनुभयो

जब दस जना कुष्ठरोगीहरू, जसलाई स्वस्थ मानिसहरूको नजिक जान अनुमति थिएन, येशू त्यही बाटो हुदै जाँदै हुनुहुन्छ भन्ने सुने, तिनीहरूले टाढाबाट कराए र उहाँलाई निको पार्न बिन्ती गरे। उहाँले तिनीहरूलाई धपाउनुभएन, तर आफ्नो वचनको अधिकारद्वारा तिनीहरूको कुष्ठरोग निको पार्नुभयो। जब उहाँले भूत लागेको मानिसहरूलाई भेट्नुभयो, अशुद्ध आत्माहरू निराश भएर चिच्याए। उहाँ तिनीहरूबाट भाग्नुभएन, तर आफ्नो सर्वशक्तिमान वचनद्वारा अशुद्ध आत्माहरूबाट कब्जा गरिएकाहरूलाई मुक्त गर्नुभयो।

येशूले आफ्ना चेलाहरूलाई समुंद«मा डुब्नबाट बचाउन आँधीबेहरीलाई शान्त पार्नुभयो। उहाँले पाँच हजार भोका मानिसहरूलाई केवल पाँच रोटी र दुई माछाले तृप्त पार्नुभयो। उहाँले छानाबाट उहाँको सामु ओरालिएको पक्षाघाती मानिसको पाप क्षमा गर्नुभयो, उहाँले बालकहरूलाई आशीर्वाद दिनुभयो र लाजरसकी बहिनीलाई प्रोत्साहान दिनुभयो, “यदि तिमीले विश्वास गर्यौ भने,परमेश्वरको महिमा देख्नेछौ” (यूहन्ना ११ः४०)।

येशूले सबैलाई प्रेम गर्नुभयो, यहाँसम्म की आफ्ना शत्रुहरूलाई पनि। उहाँलाई मानिसहरूका पापहरू थाहा थियो र तिनीहरूले आफूलाई बचाउन असमर्थ थिए, त्यसैले उहाँले संसारका पापहरू आफ्नो हृदयमा लिनुभयो र तिनीहरूको लागि प्रायश्चित गरिदिनुभयो, जसरी अगाडी अगमवक्ता यशैयालाई प्रकट गरिएको थियोः “निश्चय नै उहाँले हाम्रा निर्बलताहरू बोक्नुभयो र हाम्रा दुःखहरू भाग्नुभयो; तैपनि हामीले उहाँलाई परमेश्वरबाट हिर्काइएको, पिटिएको र दुःखमा परेको ठान्यौं। तर उहाँ हाम्रा अपराधहरूका लागि छेडिनुभयो, उहाँ हाम्रा अधर्महरूका लागि पेलिनुभयो; हामीमा शान्तिको ल्याउने दण्ड उहाँमाथि पर्यो, र उहाँका कोर्राको छोटले हामी निको भयौं। हामी सबै भेडाहरू जस्तै बरालिएका छौं; हामी हरेक आ–आफ्नै बाटोतिर लागेका छौं; र परमप्रभुले उहाँमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।“ (यशैया ५३ः४–६)

मरियमको पुत्रले संसारको उद्धार पूरा गर्नुभयो र परमेश्वरलाई स्वीकार हुने धार्मिकता स्थापित गर्नुभयो। उहाँले आफ्नो प्रायश्चितको मृत्युमार्फत हामीलाई परमेश्वरबाट सान्त्वनादायी आत्मा प्राप्त गर्न योग्य बनाउनुभयो।


ख्रीष्टका अनुयायीहरूमा पवित्र आत्माको आगमन

जो कोही आफ्नो हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको निको पार्ने दयाको लागि खोल्छ र उहाँको प्रायश्चित्तलाई स्विकार्छ, उसले सान्तवना दिने पबित्र आत्मा पाउँछ, जो सत्यका आत्मा पनि हो। येशूले आफ्नो मृत्यु भन्दा केही समय अगाडी आफ्ना अनुयायीहरूलाई वाचा दिएका गर्नुभएको थियोः “म बुबासँग प्रार्थना गर्नेछु, र उहाँले तिमीहरुलाई अर्को सल्लाहकार दिनुहुनेछ, जसले सधैभरी तिमीहरुलाई साथ दिनुहुनेछ, पबित्र आत्मा, जसलाई संसारले पाउँदैन, किनकि न त संसारले उहाँलाई देख्छ न चिन्छ; तर तिमीहरुले उहाँलाई चिन्छौं, किनकि उहाँ तिमीहरूका साथ वास गर्नुहुन्छ र तिमीहरूमा रहनुहुन्छ“ (यूहन्ना १४ः१६–२६; १५ः२६–२७; १६ः७–१४) पबित्र आत्मा दिने पिताको ठूलो प्रतिज्ञा हो। ख्रीष्टको नाममा, जसले पबित्र आत्मा उहाँसँग माग्छ,उसलाई दिइनेछ (लूका ११ः१३)।

यो पवित्र आत्माले हामीलाई परमेश्वर, हाम्रा आत्मिक पिता, हाम्रो बारेमा र भविष्यको बारेमा सत्य प्रकट गर्नुहुन्छ। उहाँले हाम्रो हृदयको आँखा ईश्वरीय सत्यको लागि खोल्नुहुन्छ, हामी भित्र साँचो विश्वास स्थापित गर्नुहुन्छ, र हामीलाई सदाको लागि आशा दिनुहुन्छ। उहाँ न्यायको दिनमा हाम्रो न्यायकर्ता हुनुहुन्छ र जब हामीलाई हाम्रो चित्तले दोषी ठहराउछ तब उहाँ हाम्रो सान्त्वना दिने ब्यक्ति हुनुहुन्छ।

सत्यको आत्माले हाम्रो जीवनको हरेक पलमा हामीलाई डोर्याउनुहुन्छ, जसरी प्रेरित पावलले गवाही दिन्छन्, “किनकी सबै जो परमेश्वरको आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तानहरू हुन्“ (रोमी ८ः१४)।

यो सान्त्वनादायी आत्माले हामीलाई मूर्खता, निराशा र असफलताको घडीमा मद्दत गर्छ। उहाँले हामीलाई आश्वासन, शान्ति र लुकेको खतराबाट सुरक्षा दिनुहुन्छ, र मृत्युको चंगुलबाट मुक्त गर्नुहुन्छ। यो आत्माले हामीलाई बुद्धिमानी र बिनम्र जीवन बिताउन अभिप्रेरित गर्नुहुन्छ र यदि हामीले हाम्रा पापहरूलाई अस्वीकार र घृणा गर्छौं भने तिनीहरूलाई जित्नुहुन्छ। परमेश्वरको आत्मा पवित्र हुनुहुन्छ। उहाँ हामीलाई पवित्र बनाउन चाहनुहुन्छ, परमेश्वरको अगाडि हाम्रा पापहरू स्वीकार गर्न मार्गदर्शन गर्न चाहनुहुन्छ, र हामीलाई सत्यता, शुद्धता र मेलमिलापतर्फ अगाडी बढाउन चाहनुहुन्छ।

ईश्वरीय सान्त्वनादाताले स्वयम् आफैले आफ्नो महिमा गर्नुहुन्न तर हाम्रो उद्धारकर्ता मरियमको पुत्रको महिमा गर्नुहुन्छ, र हामीलाई उहाँको प्रेमको चिन्हहरू बुझ्न मद्दत गर्नुहुन्छ। परमेश्वरको आत्मा आफैंमा अनन्त जीवन र शक्ति हुनुहुन्छ, जुन कुनै पनि हालतमा अन्त्य हुँदैन। उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, उहाँले आफ्नो जीवनद्वारा हाम्रो मृत्युलाई जित्नुहुन्छ र हामीमा सदासर्बदा रहनुहुन्छ ।

यो सान्त्वनादायी आत्मा ख्रीष्टका अनुयायीहरूमा वास गर्छ किनभने तिनीहरू उहाँको उद्दारमा विश्वास गर्छन्। यो आत्माले तिनीहरूको व्यवहारलाई सुधार गर्छ ताकि तिनीहरूमा परमेश्वरको प्रेम, भलाइ र दया देखा परोस्। यो सान्त्वनादाताले हामीलाई परमेश्वरको वचन फैलाउन र आबश्यकतामा परेकाहरूको सेवा गर्न मार्गदर्शन गर्नुहुन्छ। उहाँले हामीलाई प्रशंसा र कृतज्ञताको गीतहरुले भर्नुहुन्छ। दयालु सान्त्वनादाताले हामीलाई सान्त्वनादाताहरूमा परिवर्तन गर्न चाहनुहुन्छ, जसरी प्रेरित पावलले प्रार्थना गरेः “धन्य होस् हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, दयाका पिता र सबै सान्त्वनाका परमेश्वर, जसले हाम्रा सबै सङ्कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि हामी कुनै पनि सङ्कष्टमा परेकाहरूलाई सान्त्वना दिन सकौं, जुन सान्त्वनाले हामी आफैंले परमेश्वरबाट पाएका छौं।” (२ कोरिन्थी १ः३–४) परमेश्वरको आत्माले हाम्रो वरपरको अवस्थालाई चाँडै परिवर्तन गर्दैन, तर पहिले ख्रीष्टको छुटकाराद्वारा आफूलाई परिवर्तन गर्छ। हाम्रो हृदय हाम्रो मुक्तिदाताको चाहना गर्दछ किनभने उहाँले हामीलाई सुरुदेखि नै प्रेम गर्नुभयो। उहाँले हामीलाई उहाँको सुसमाचारका पदहरू मार्फत उहाँको अनुग्रहको शक्ति दिनुहुन्छ। जसले ख्रीष्टका वचनहरू पढ्छ, बचनहरूलाई हृदयमा राख्छ र त्यस अनुसार काम गर्छ, त्यो धन्य र खुसी व्यक्ति रहनेछ।

के तपाईंले परमेश्वरको सान्त्वना अनुभव गर्नुभयो? यदि तपाईं सान्त्वना दिने आत्माको वास्तविकताको बारेमा थप जान्न चाहनुहुन्छ भने, हामी तपाईंलाई ख्याल गर्दै र प्रार्थनाहरू सहित ख्रीष्टको सुसमाचार सित्तैमा पठाउन तयार छौं, ताकि तपाईंले अन्धकारको बीचमा परमेश्वरसँग शान्ति पाउन सक्नुभएको होस्।

तपाईंको आसपास खाँचोमा परेकाहरूलाई सान्त्वना दिनुहोस्: यदि यस पर्चाका शब्दहरूले तपाईंलाई नयाँ आशा दिएको छ भने, यसलाई परमेश्वरसँग शान्ति खोज्नेहरूलाई बाँड्नुहोस्, ताकि तिनीहरूले पनि आफ्नो निराशामा सान्त्वना पाउन सकून्। हामीलाई भन्नुहोस् कि तपाईं कति पर्चाहरू बितरण गर्न इच्छुक हुनुहुन्छ ताकि हामी तपाईंको सेवाहरूको लागि सीमित संख्यामा प्रतिलिपिहरू पठाउन सकौं।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 12, 2026, at 02:02 PM | powered by PmWiki (pmwiki-2.3.3)