Home
Links
Bible Versions
Contact
About us
Impressum
Site Map


WoL AUDIO
WoL CHILDREN


Bible Treasures
Doctrines of Bible
Key Bible Verses


Afrikaans
አማርኛ
عربي
Azərbaycanca
Bahasa Indones.
Basa Jawa
Basa Sunda
Baoulé
বাংলা
Български
Cebuano
Dagbani
Dan
Dioula
Deutsch
Ελληνικά
English
Ewe
Español
فارسی
Français
Gjuha shqipe
հայերեն
한국어
Hausa/هَوُسَا
עברית
हिन्दी
Igbo
ქართული
Kirundi
Kiswahili
Кыргызча
Lingála
മലയാളം
Mëranaw
မြန်မာဘာသာ
नेपाली
日本語
O‘zbek
Peul
Polski
Português
Русский
Srpski/Српски
Soomaaliga
தமிழ்
తెలుగు
ไทย
Tiếng Việt
Türkçe
Twi
Українська
اردو
Uyghur/ئۇيغۇرچه
Wolof
ייִדיש
Yorùbá
中文


ગુજરાતી
Latina
Magyar
Norsk

Home -- Nepali -- Tracts -- Tract 05 (Prepare The Way of the LORD!)
This page in: -- Armenian -- Baoule -- Burmese -- Chinese -- Dagbani? -- Dioula -- English -- French -- German? -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean -- Lingala -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai -- Turkish -- Twi -- Uzbek -- Wolof -- Yoruba

Previous Tract -- Next Tract

पथहरू 05 -- प्रभुको बाटो तयार गर! (यशैया ४०ः३)


मानिसहरु जीवनमा बिना लक्ष्य दौडिरहेका छन्, मृत्युलाई बेवास्ता गर्दै आरामको आनन्द लिन र दैनिक रोटी प्राप्त गर्नलाई प्रयास गर्दैछन्, । केवल केही मानिसहरू छन् 1जसले ईश्वरको कुरा गर्छन्, उनीहरु उहाँबाट मार्गदर्शन र सत्य प्राप्त गर्न सकौँ भनि उहाँसँग डराउँछन् र उहाँका आदेशहरू पालना गर्नको लागि सकेसम्म प्रयास गर्छन् ।

ब्रह्माण्डका सृष्टिकर्ताले आफ्ना सृष्टिका प्राणीहरूलाई बिर्सनुहुन्न। उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ, तिनीहरूको बारेमा सोच्नुहुन्छ, तिनीहरूसँग बोल्नुहुन्छ र तिनीहरूको हृदय खोज्नुहुन्छ। यदि तिनीहरूले पश्चात्ताप गर्छन् र उहाँतिर फर्कन्छन् भने, उहाँ तिनीहरूलाई आफ्नो भरिपूर्णताबाट ईश्वरिय शक्ति दिन चाहनुहुन्छ।


परमप्रभु परमेश्वर जो हामीकहाँ आउनुहुन्छ

जब आदम र हव्वाले परमेश्वरको आज्ञा तोडे, तिनीहरू लज्जित भए र उहाँबाट लुके, तिनीहरूले गरेको दुष्ट कामको महसुस गरे। तर पनि परमप्रभुले तिनीहरूलाई आरापी ठहराउनुभएन, तर उहाँले तिनीहरूलाई खोज्दै यसो भन्दै आउनुभयो, “तँ कहाँ छस्, आदम?“ (उत्पत्ति ३ः९)। सृष्टिकर्ताले सबैलाई खोज्नुहुन्छ र सोध्नुहुन्छ, “तिमी कहाँ छौ? तिमी आफ्नो जीवनमा कहाँ पुगेका छौ?“

परमप्रभुले अब्राहामलाई मेसोपोटामियामा रहेको उनको भ्रष्ट बहुदेववादी समाजको बीचबाट बोलाउनुभयो र उनलाई पवित्र अनन्त घरको खोजी गर्ने एक अशान्त यात्री बनाउनुभयो। प्रिय पाठक, के तपाईं पनि धार्मिकताको मार्ग खोज्दै हुनुहुन्छ, आफ्नो लागि अनन्त घर खोज्दै हुनुहुन्छ?

याकूब एक चत्तुर धर्मगुरु थिए। उनी टाढाको देशमा भागेर गए र त्यहाँ विवाह गरे। बिरानो देशमा लामो समयसम्म बसेपछि, उनी पुःन आफ्नो मातृभूमि फर्किए। तर परमप्रभुका स्वर्गदूतले उनको विगतमा गरेको अपराधको लागि सजाय दिन उनको बाटो छेके। तैपनि याकूबले परमप्रभुको महान् कृपामा विश्वास गरे। उनले पवित्र परमेश्वरसँग यसो भन्दै कुस्ती खेले, “जबसम्म तपाईंले मलाई आशीर्वाद दिनुहुन्न, म तपाईंलाई जान दिनेछैन!“ (उत्पत्ति ३२ः२६)। के तपार्ईं परमेश्वरले बचाउनुभएसम्म उहाँमा टाँसिरहनुभएको छ?

मोशा मिश्रबाट उजाडस्थानमा भागेका थिए किनभने उनको क्रोधमा उनले एक पहरेदारलाई मारेका थिए जसले एक हिब्रु दासलाई पिटिरहेको थियो। चालीस वर्ष पश्चात् परमप्रभु उनकहाँ जलिरहेको पोथ्रामा देखा पर्नुभयो, र उनलाई घोषणा गर्नुभयो कि “म जो हुँ म हुँ“, जो कहिल्यै परिवर्तन हुँदैन। उहाँ सधैंभरि विश्वासयोग्य हुनुहुनेछ। के परमप्रभुले तपाईंलाई तपाईंको जीवनको उजाडस्थानमा भेट्टाउनुभयो? के तपाईंको हृदयले उहाँको बारम्बार बोलाउनुभएको आवाजलाई सुन्यो? के तपाईंले कहिल्यै परिवर्तन नहुने व्यक्तिको विश्वासयोग्यता महसुस गर्नुभएको छ?

परमप्रभुले शामूएललाई बोलाउनुभयो र आफ्नो राष्ट्रको न्यायकर्ता नियुक्त गर्नुभयो त्यतिखेर उनी जवान थिए। परमेश्वरले वयस्कहरूलाई मात्र होइन, युवाहरूलाई पनि छान्नुहुन्छ। हामीले हाम्रो वरपरका बालबालिकाहरूलाई तिनीहरूको आफ्नै भाषामा परमेश्वरको वचन सिकाउनुपर्छ र तिनीहरूलाई उहाँकहाँ डोर्याउनुपर्छ। परमप्रभु तपाईंहरू जस्ता सेवकहरू प्रयोग गरेर आजका युवाहरूकहाँ आउन चाहनुहुन्छ।

दाऊदले व्यभिचार गरे, त्यसपछि त्यस महिलाको पतिलाई मार्ने आज्ञा दिए तर परमप्रभुले उनलाई उसै जान दिनुभएन। उहाँले उनको अपराध प्रकट गर्न र उनीमाथि परमेश्वरको क्रोधाको घोषणा गर्न एक अगमवक्ता पठाउनुभयो। दाऊदले सत्य हृदयले पश्चात्ताप गरे र पापीहरूलाई पापबाट आफ्नो प्रभुतिर फर्कन मार्गदर्शन गर्न थाले। दाऊदले परमप्रभुमा अनुग्रह र क्षमा पाए। भजनसंग्रह ५१ पढ्नुहोस्। यसलाई कण्ठ गर्नुहोस् र विश्वासका साथ यसका पदहरू प्रार्थना गर्नुहोस् ताकि तपाईंले दाऊदले जस्तै सान्त्वना र क्षमा पाउनुहुनेछ।

पूजाहारी यशैयाले पवित्र परमप्रभुको महिमाको झलक देखे र कराए, “धिक्कारु!,म नष्ट भएँ! किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूको बीचमा म बस्तछु र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाँराजाधिराजलाई देखेको छु।“ (यशैया ६ः५)।

उनी रोएको कारण यो हो की परमप्रभुको ज्योतिले उनलाई उनको अवस्था र वरपरका मानिसहरूको अवस्था प्रकट गर्याे। के तपाईं परमेश्वरको महिमा हेर्नको लागि उहाँको नजिक आउन चाहनुहुन्छ? त्यसपछि तपाईंले बुझ्नुहुनेछ कि तपाईंको पापले तपाईंलाई पवित्र ब्यििक्तहरुबाट अलग गर्छ। के तपाईंलाई थाहा छ कि तपाईंका पापहरूले तपाईंलाई पवित्र सृष्टिकर्ताको नजिक आउनबाट रोक्छन् र ती पापहरूलाई तपाईबाट हटाइनुपर्छ? “हामी तपाईंलाई बिन्ती गर्छौं, परमेश्वरसँग मिलाप गर्नुहोस्“ (२ कोरिन्थी ५ः२०)।


प्रभुको बाटो तयार पार!

परमेश्वरलाई सन्तुष्ट पार्न चाहनेले उहाँका आदेशहरू पालना गर्नुपर्छ। जसले भुलबस पाप गर्छ र उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, उसले आफ्नो पाप मानिलिनुपर्छ र प्रभुको प्रतिज्ञा अनुसार क्षमा माग्नुपर्छ, “यदि हामीले हाम्रा पापहरू स्वीकार गर्छौं भने, उहाँ हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ“ (१ यूहन्ना १ः९)। जसले झूट बोल्छ, उसले परमप्रभुकहाँ जाओस् र उसले झूट बोलेको स्वीकार गरोस्। जसले आफ्नो घरमा त्यस्तो चीज भेट्टाउँछ जुन उसको होइन, उसले त्यो त्यसको मालिककहाँ लगोस् र उसको क्षमा मागोस्। जसले अर्को व्यक्तिसँग अशुद्ध काम गर्छ, उसले परमेश्वरकहाँ आफ्नो पाप स्वीकार गरोस्, पश्चात्ताप गरोस् र फेरि पाप नगरोस्। जसले आफ्नो आमाबाबु, जीवनसाथी वा छोराछोरी लगायत अरूलाई दमन गर्छ, उसले तिनीहरूको क्षमा खोजोस् र तिनीहरूलाई व्यावहारिक रूपमा मद्दत गरोस्।

बप्तिस्मा दिने यूहन्नाले यशैया अगमवक्ताको महान् प्रतिज्ञा पूरा गरे जब उनले प्राप्त गरेको ज्योति दोहोर्याए, “उजाडस्थानमा एक जना कराउनेको आवाजः ’परमप्रभुको मार्ग तयार पार; हाम्रा परमेश्वरको लागि उजाडस्थानमा मार्ग सोझा बनाउनुहोस्। हरेक उपत्यका उच्च पारिनेछ र हरेक पहाड र डाँडा समतल बनाइनेछ; बाङ्गोटेढा सोझा हुनेछन् र अप्ठेरा ठाउँहरू सम्म पारिनेछन्। परमप्रभुको महिमा प्रकट हुनेछ, र सबै मानव जातिले यसलाई एकसाथ देख्नेछन्“ (यशैया ४०ः३–५; लूका ३ः४–६)।

बप्तिस्मा दिने यूहन्नाले प्रचार गरे कि धर्मी कोही पनि छैन्। हामी सबै दोषी छौं र बिनम्र बन्नको लागि पबित्र र रूपान्तरित हुनुपर्छ। निराशामा पीडित र विलाप गर्ने व्यक्तिलाई प्रोत्साहन र पुनर्जीवित गर्नुपर्छ। जसले अरूलाई धोका दियो, उसले आफ्नो छली बाटो त्यागोस्, सीधा हिँडोस् र जसलाई उसले खराब गरेको छ उसलाई क्षतिपूर्ति देओस्।

तल उल्लेखित पदहरूले परमप्रभुका आज्ञाहरूको संक्षेप्त प्रस्तुत गर्दछन्ः “तिमीहरुले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर” (व्यवस्था ६ः५), र, “तिमीहरुले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर” (लेवी १९ः१८)। यदि तपाईं परमेश्वरलाई प्रेम गर्न चाहनुहुन्छ भने, उहाँका आज्ञाहरू पालना गर्नुहोस्। उहाँ तपाईंकहाँ व्यक्तिगत रूपमा आउन सकून् भनेर उहाँको बाटो कसरी तयार गर्ने भनि देखाउनको लागि परमप्रभुलाई सोध्नुहोस्।


परमप्रभुले तपाईंको लागि मार्ग तयार गर्नुहुन्छ

मरियमको पुत्र अद्भुत तरिकाले जन्मनुभएको थियो, किनकि परमेश्वरको आत्मा उहाँमा एक मानिस बन्नुभयो। ख्रीष्टलाई शरीरमा भ्रष्ट, पापी मनिसहरुको बीचमा पठाइयो। उहाँले उहाँकहाँ आउने सबै बिरामीहरूलाई निको पारेर तिनीहरूप्रति आफ्नो प्रेम प्रमाणित गर्नुभयो, र आध्यात्मिक अधिकारद्वारा उहाँले भूतात्माले पिरोलिएकाहरूलाई तिनीहरूमा भएका भूतहरू निकालिदिनुभयो। तैपनि उहाँको प्रजातिको बहुसंख्य मानिसहरुले उहाँको महिमाको सार उहाँको शुद्ध प्रेम हो भनेर चिनेनन्।

दयालु प्रभुले उहाँको आगमनको लागि बाटो तयार पार्ने सबैको लागि आफ्नो हृदय खोल्नुहुन्छ। यसैकारण मरियमको पुत्रले संसारको पाप हरण गर्नुभयो, हाम्रो लागि प्रायश्चित गर्नुभयो, हामीलाई सबै पापबाट शुद्ध पार्नुभयो, र हामीलाई सित्तैमा धर्मी ठहराउनुभयो। हामीले उहाँलाई धन्यवाद दिनुपर्छ र उहाँलाई प्रेम गर्नुपर्छ किनभने उहाँले हाम्रो लागि स्वर्गको ढोका खोल्नुभयो।

हाम्रो संसारमा ख्रीष्टको आगमन त्यो गोप्य अक्ष हो जसको वरिपरि मानव इतिहास घुम्छ। परमेश्वर हाम्रो संसारमा आउनुभयो ताकि संसार उहाँतिर फर्कन सकोस्। पश्चात्ताप गर्ने र उहाँतिर फर्केर आउने सबैलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। जसले यो रहस्य बुझ्छ त्यो बुद्धिमान हुन्छ, र जसले यसलाई लागू गर्छ त्यो स्वीकृत हुन्छ।


परमेश्वर तपाईंको जीवनमा व्यक्तिगत रूपमा आउनुहुन्छ

ख्रीष्ट चिहानबाट बौरी उठ्नुभयो किनभने उहाँले मृत्युलाई जित्नुभएको थियो, उहाँ स्वर्गारोहण हुनुभयो, र पवित्र परमेश्वरसँग बस्नुभएको छ। उहाँ आफ्ना अनुयायीहरूलाई माया गर्नुहुन्छ जसलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँ तिनीहरूका कमजोरीहरू र आशाहरू जान्नुहुन्छ। यसैकारण उहाँले तिनीहरूकहाँ आफ्नो पवित्र आत्मा पठाउनुभयो। स्वर्गमा उक्लनुभन्दा पहिले, ख्रीष्टले भन्नुभयो, “म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ; किनकि म गइनँ भने, सान्त्वनादाता(सल्लाहकार) तिमीहरूकहाँ आउनुहुनेछैन; तर गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु“ (यूहन्ना १६ः७)। परमेश्वर पवित्र आत्मा, हाम्रो सान्त्वनादाता मार्फत हामीकहाँ आउनुहुन्छ, जो ख्रीष्टका अनुयायीहरूमा बास गर्नुहुन्छ।

के तपाईंले ख्रीष्टको आत्माको लागि आफ्नो हृदय खोल्नुभयो? उहाँ तपाईंलाई परिवर्तन गर्न र उहाँको प्रेमले भरिपूर्ण गर्न चाहनुहुन्छ ताकि उहाँको शान्ति, आनन्द, धीरज र कोमलता तपाईंमा बास गरोस् (मत्ती ११ः२९, गलाती ५ः२२–२३)। परमप्रभु तपाईंको हृदयको ढोका ढकढक्याउनुहुन्छ। के तपाईं उहाँको लागि आफ्नो हृदय खोल्नुहुनेछ? उहाँको अगाडि आफ्नो हृदय कठोर नबनाउनुहोस्, तर तपाईंको लागि परमप्रभुको मार्ग तयार पार्नुहोस्।

“उठ, प्रकाशमान् हो; किनकि तिम्रो प्रकाश आएको छ! अनि परमप्रभुको महिमा तिमीमाथि उदाएको छ। किनकि हेर, अँध्यारोले पृथ्वीलाई ढाक्नेछ, र घोर अँध्यारोले मानिसहरूलाई ढाक्नेछ; तर परमप्रभु तिमीमाथि उदय हुनुहुनेछ, र उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।“ (यशैया ६०ः१–२)


परमेश्वर सबैकहाँ आउनुहुन्छ

ख्रीष्टको प्रेमले आत्मिक रूपमा नवीकरण भएका सबैलाई आफ्ना मित्रहरू र छिमेकीहरूलाई असल समाचारको सुसमाचार सुनाउन र परमेश्वर उनीहरूकहाँ आउन पनि इच्छुक हुनुहुन्छ भनी बताउन मार्गदर्शन गर्दछ। तपाई आफू मात्र नफर्कनुहोस्, तर ख्रीष्टलाई पछ्याउनुहोस् र भ्रममा परेकाहरूलाई खोज्नुहोस्।

यदि तपाईंलाई प्रभुको सेवा कसरी गर्ने भनेर थाहै छैन भने, प्रार्थना गर्नुहोस् र उहाँको मार्गदर्शन र निर्देशनको लागि सोध्नुहोस् र उहाँले तपाईंलाई अरूकहाँ कसरी पुग्ने, असल काम गर्ने र खाँचोमा परेकाहरूलाई दान दिने निर्देशन दिनुहुनेछ। प्रभुले तपाईंको मुख खोल्नुहुनेछ ताकि तपाईं परमेश्वरको प्रेम र पवित्रताको बारेमा सुन्न चाहनेहरूसँग बोल्न सक्नुहुन्छ। प्रभुले तपाईंलाई बलियो बनाउनुहुन्छ, तपाईंसँगै जानुहुन्छ र तपाईंको रक्षा गर्नुहुन्छ। जब तपाई आफ्नो जीवनको स्टेरिङ ह्वील ख्रीष्टलाई सुम्पनुहुन्छ, त्यसपछि तपाईं आशिष्हरूले भरिनुहुनेछ र प्रभुले तपाईंको लागि आत्मिक सम्पर्कहरूको व्यवस्था गर्नुहुनेछ।


ख्रीष्टको आगमनको रहस्यहरूमा ध्यान गर्नुहोस्

यदि तपाईं भूत, वर्तमान र भविष्यमा पुरुष र महिलाहरूकहाँ प्रभुको आगमन हुने बारेमा थप जान्न चाहनुहुन्छ भने, कृपया हामीलाई लेख्नुहोस् र हामी तपाईंलाई ध्यान र प्रार्थना सहित ख्रीष्टको सुसमाचार पठाउनेछौं, ताकि तपाईं विश्वास, प्रेम र आशामा शक्तिशाली हुन सक्नुहुन्छ।

हामी तपाईंको पत्रको प्रतीक्षामा छौं। यदि तपाईंले हामीलाई लेख्नुभयो भने, हाम्रो पत्र तपाईंसम्म पुग्नको लागि आफ्नो पूरा ठेगाना लेख्न नबिर्सनुहोस्।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 12, 2026, at 12:00 PM | powered by PmWiki (pmwiki-2.3.3)