Home
Links
Bible Versions
Contact
About us
Impressum
Site Map


WoL AUDIO
WoL CHILDREN


Bible Treasures
Doctrines of Bible
Key Bible Verses


Afrikaans
አማርኛ
عربي
Azərbaycanca
Bahasa Indones.
Basa Jawa
Basa Sunda
Baoulé
বাংলা
Български
Cebuano
Dagbani
Dan
Dioula
Deutsch
Ελληνικά
English
Ewe
Español
فارسی
Français
Gjuha shqipe
հայերեն
한국어
Hausa/هَوُسَا
עברית
हिन्दी
Igbo
ქართული
Kirundi
Kiswahili
Кыргызча
Lingála
മലയാളം
Mëranaw
မြန်မာဘာသာ
नेपाली
日本語
O‘zbek
Peul
Polski
Português
Русский
Srpski/Српски
Soomaaliga
தமிழ்
తెలుగు
ไทย
Tiếng Việt
Türkçe
Twi
Українська
اردو
Uyghur/ئۇيغۇرچه
Wolof
ייִדיש
Yorùbá
中文


ગુજરાતી
Latina
Magyar
Norsk

Home -- Nepali -- Tracts -- Tract 02 (God, be Merciful to Me a Sinner!)
This page in: -- Armenian -- Baoule -- Burmese -- Chinese -- Dagbani? -- Dioula -- English -- French -- German? -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean -- Lingala -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai -- Turkish? -- Twi -- Uzbek -- Wolof -- Yoruba

Previous Tract -- Next Tract

पथहरू 02. प्रभु, म पापीमाथी दया गर्नुहोस् ।


एक जना दृष्टिविहिन शिक्षकले केहि परिवारहरुलाई उनीहरुको घरमा भेट्न जाँदा सुसमाचारका केहि पदहरु आफ्न औलाहरुले शब्दहरु छट्टयाउदै ब्रेल प्रणाली प्रयोग गरी पढेर सुनाए । उनका श्रोताहरु उनको यो पढ्ने बानी देखेर अचम्ममा परे । उनीहरुका आँखाले उनका चलिेरहेका औलाहरुलाई पछ्याइरहे जुन शब्दहरु खोज्नमा ब्यस्त थिए । साथै उनको उत्तम प्रस्तुति पनि सुन्दै थिए । ती दृष्टिविहिन शिक्षकले आफ्नो देशको मख्य मन्दिरबाट एउटा आकर्षक दृश्य छनोट गरे र पढे ।

दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए—एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने । फरिसीले उभिएर मनमनै यसरी प्रार्थना ग¥यो , ‘ हे परमेश्वर,म तपाईलाई धन्याबाद चढाउछु,म अरु मानिसहरुजस्तो धुताहा,अन्यायी,ब्याभिचारी अथवा यही कर उठाउनेजस्तो पनि छैनँ । म हप्तामा दुई पल्ट उपवास बस्छु । मैले पाएका सबै थोकको दशांश म दिन्छु । तर कर उठाउनेचाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो,हे परमेश्वर,म पापीमाथि दया गर्नुहोस् !” लुका १८M१०–१३

ती शिक्षकले पढ्न छोडे र वरिपरीका मानिसहरुलाई सम्बोधन गर्दै भन्न लागे सबैले आफै सोच्नुहोस् र आफैले आफुलाई सोध्नुहोस् । “म को हु < ”म को सँग वर्गिकृत हुनुपर्छ <, धर्मी मानिस,धर्मी मानिस भएको दाबी गर्ने ब्यक्तिसँग कि पश्चताप गर्ने चोरसँग < के धर्मी मानिसले हाम्रो राष्ट्रलाई ब्यविचार गरेको छैन <,लुटेको छैन <,न त कसैलाई उदाहरण दिदैन तर अन्याय गरे को छ भन्दै दाबी गरेर धार्मिक कानुन कडाइका साथ पालन गरेको छ, हप्तामा दुई पटक उपवास बसेको छ, दान दिएको छ र खाँचोमा परेकाहरुलाई मद्दत गरेको छ .

कोठामा गहिरो सन्नाटा छाएको थियो, जुन एक बृद्ध मानिसले उठाए र जवाफ दिए ,“ परमेश्वरको प्रशंसा होस्” कि मानिसले आफ्नो इमानदार प्रार्थना र गरिबहरुलाई मद्दत गरेर जहिले चाहान्छ प्रभुलाई भेट्न सक्छ तर यो दाबी गर्ने बिश्वासीले आफ्नो अद्भुत कामको लागि परमेश्वरको प्रशंसा गर्नुको साटो आफुलाई उच्च पारेको थियो र आफ्नो प्रयासहरुको महिमा गरेको थियो ।परमेश्वरलाई वास्ता नगर्ने यस्तो धार्मिकता स्वार्थ हो ।

त्यस दृष्टिविहिन शिक्षकले बृद्ध मानिसको सल्लाहलाई पुष्टि गर्दै थपे ,“ आफ्नो ईश्वरीयताको दाबी गर्ने घमण्डीहरुले आफ्नो हृदय र दिमागलाई कठोर बनाउछन् । तिनीहरुले ईश्वरीय ग्रण्थहरु कण्ठस्त पारेतापनि तिनीहरुले परमेश्वरको सत्यतालाई चिन्दैनन , न त तिनीहरु आफ्नो अबस्था स्वीकार गर्छन् ।” यहि देखिन्छ की परमेश्वरको डर बिना ईश्वरीयता गलत र प्रेम रहित छ । आफ्नो महिमा गर्दै प्रार्थना गर्नेहरु अहंकारी र अनाज्ञाकारी हुन्छन् । तिनीहरुले आफैलाई सोध्नुपर्छ ,“ हाम्रा प्रार्थनाहरुले परमेश्वरलाई सम्बोधन गरिएका होउन् कि आफैलाई के हामी परमेश्वरको बारेमा सोच्दछौ र उहाँको प्रशंसा गर्दछौँ वा हामी हाम्रो कुलको महिमा गर्दछौँ ।

दर्शकमा रहेका एक जवान युवकले त्यस दृष्टिविहिन शिक्षकलाई सोधे ,“ हामी किन प्रार्थना गर्छौ < प्रार्थना गरेर कुनै फाइदा हुन्छ < हाम्रा शब्दहरु(कुराहरु) कसले सुन्छ ।” दृष्टिविहिन शिक्षकले नम्रतापूर्वक जवाफ दिए, के दृष्टि भएको ब्यक्तिले क्षितिज भन्दा बाहिरको कुरा देख्छ < उसले क्षितिज भन्दा बाहिरको कुरा नदेखेतापनि पृथ्वी गोलो छ भन्ने बिश्वास गर्छ, त्यसरी नै जब हामी कायरोबाट पेरिस वा कामएप्लान्काबाट टोकियोमा फोन गर्छौ,हामी बिश्वास गर्छौ की हामीले फोन गरेको ब्यक्तिको आवाज सुनिरहेका छौँ यद्दपि हामी उसको अनुहार देख्न सक्दैनौँ । एक बिश्वासीले सर्वशक्तिमान परमेश्वरले उसको प्रार्थना सुन्नुहुन्छ । उसको अनुरोध र धन्याबाद जुन उसको मायालु हृदयबाट निस्केको कुरामा जवाफ दिनुहुन्छ भन्ने कुरामा उसले कत्ति बढि बिश्वास गर्छ ।”

अन्धो मानिसले आफनो ध्यानलाई जारी राख्यो । उ चोरको प्रार्थना तर्फ फर्कियो र भन्यो,परमेश्वरलाई प्रशंसा होस् जसले चोरलाई उसका अपराध त्याग्न र आफ्नो विबेकको श्वर पछयाउदै र सबैभन्दा दयालु परमेश्वर तर्फ आपmनो प्रार्थना गर्दै प्रभु तर्फ फर्कन मार्गदर्शन गर्नुभयो । उसको प्रार्थनाले देखाउछ की अझ पनि परमेश्वरको अस्तित्व,अधिकार र शक्तिमा बिश्वास राख्थ्यो,किनभने उसले परमेश्वर भनेर सम्बोधन ग¥यो । यो जान्दै की परमेश्वर आफ्नो शक्तिमा,बचनमा र आत्मामा एक हुनुहुन्छ । पश्चातापी चोरले सबैभन्दा दयालु परमेश्वरको पबित्रता महशुस ग¥यो – एकतिर उहाँको करुणामा भरोसा राख्दै,अर्कातिर आफ्ना पापहरुका कारण उहाँको न्यायका डर गर्दै ऊ परमेश्वरको करुणा र न्यायबिच अलमलिरह्यो । उसलाई डर थियो कि परमेश्वरले उहाँको न्याय अनुसार उसलाई दाषी ठहराउनेछन् र उसलाई नर्कमा फलिदिनेछन् – तर उसले बिश्वासा साथ पबित्र परमेश्वरको दयामा समातिरह्यो । उसले बिश्वास ग¥यो]]] कि परमेश्वरको करुणा उहाँको न्याय भन्दा ठुलो छ र सर्वशक्तिमान परमेश्वरले आफ्नो प्रेमको कारण उसलाई क्षमा दिनुहुन्छ । त्यसैले,उसले आफुलाई दयालु न्यायधिशको हातमा सुम्पियो र क्षमाका लागि प्रार्थना ग¥यो । यहि कारण हो कि उसले चिच्याएर भन्यो,“हे परमेश्वर म पापीमाथि दया गर्नुहोस् ।”

दृष्टिबिहिन शिक्षकले पश्चातापको अर्थ अझ गहिरो रुपमा ब्याख्या गर्दै थपे,“अपराधीले स्वीकार ग¥यो कि उसले केबल पाप गरेको थिएन तर उ अशुद्ध,भ्रष्ट र पूर्ण रुपमा परमेश्वरद्वारा अस्वीकृत भइसकेको थियो । पबित्र परमेश्वरको सामु उसलाई आफ्नो वास्तविक अबस्था प्रकट भयो । परमेश्वरको दृष्टिमा उसमा केहिपनि असल भेटिएन । उ एक दुष्ट पापी भइसकेको थियो ।”

शिक्षकले भने, “धेरै मानिसहरु आफैलाई ठिक देख्छन् र सोच्छन् कि उनीहरु इमान्दार र सम्मानित छन् । तर जो व्यक्ति परमेश्वरको प्रकाशमा उभिन्छ,उसले तुरुन्त देख्नेछ कि परमेश्वर बाहेक अरु कोहि धर्मी छैन् ! धन्य छ त्यो पश्चात्तापी चोर,जसले बुद्धिमत्ता प्राप्त ग¥यो । उसले आफ्नो अबस्था चिनेर आफ्नो सृष्टिकर्तातर्फ फर्कियो,उहाँको करुणाको याचना ग¥यो, आफ्नो भ्रष्टता स्वीकार ग¥यो र परमेश्वरको करुणा र दया प्राप्त ग¥यो । प्रभुले कसैलाई पनि अस्वीकार गर्नुहुन्न जो पश्चाताप गर्छ,जसको हृदय परिवर्तन हुन चाहान्छ र जसले आफ्नो व्यवहार सुधार्न चाहान्छ,शुद्ध अन्तस्करणको लालसा राख्दछ । प्रभु उसलाई आफ्नो मुक्ति दिनुहुनेछ र पश्चाताप गर्ने सबैका लागि पारिएको परमेश्वरको प्रायश्चित्तको औचित्य प्रदान गर्नुहुन्छ ।”

दयालु शिक्षकले फेरि श्रोताहरुलाई सोधे,“के तपाईलाई थाहा छ कि मरियमका पुत्र ख्रीष्टले यो धार्मिक ठानिएको मानिस र पश्चात्तापी चोरको सन्दर्भमा अन्तिम निर्णय के दिनुभयो”उनले सुसमाचार खोल्दै उभिएका अक्षरमा औला चलाए र ख्रीष्टको निर्णय पढे ।

“म तिमीलाई भन्छु,त्यो पश्चात्तापी चोर आफ्नो घर फर्किदा धार्मिक मानिस ठहरियो,न कि अर्को मानिस,किनभने जो आपूmलाई महान् ठान्छ,ऊ नम्र बनाइनेछ र जो आपूmलाई नम्र बनाउँछ,ऊ महान् बनाइनेछ ।” ( लुका १८M१४)

प्रिय पाठक,
फेरि एकपटक आपूmलाई जाँच गर्नहोस् । के तपाई आफ्नो धार्मिकतामा सन्तुष्ट हुनुहुन्छ,आफ्ना असल कर्ममा गर्व गर्नुहुन्छ,र आफ्ना व्यवहारमा प्रसन्न हुनुहुन्छ< वा तपाई पवित्र परमेश्वरको सामु नम्र हुनुहुन्छ,आफ्ना जीवनमा गरेका कर्महरुप्रति लाज महसुस गर्नुहुन्छ,निश्चित हुनुहोस्,जो गर्व गर्छ र आपूmलाई महान् देखाउँछ,ऊ पक्कै पतन हुनेछ । तर जो पश्चात्ताप गर्छ,आफ्नो प्रभुमा फर्कन्छ र आफ्ना पापहरु उहाँको सामु स्वीकार गर्छ,ऊ प्रभुको प्रायश्चित्त र अपरिमित दयाबाट औचित्य प्राप्त गर्नेछ ।

पश्चात्तापको प्रार्थना
हामीसँगै प्रार्थना गर्नुहोस्—दाउद भबिश्यबक्ताको प्रार्थना,जसले व्यभिचार गरेपछि र त्यो स्त्रीको पतिको हत्या गर्न आदेश दिएपछि प्रभुले न्याय गर्नुहुँदा पश्चात्ताप गर्दै आफ्ना पापहरु स्वीकार गरे ।

हे परमेश्वर, तपाईको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्,तपाईको अपार अनुकम्पामा मेरा अपराधहरु मेटिदिनुहोस् । मेरा सबै अधर्मबाट मलाई पूर्ण रुपमा धोइदिनुहोस्,र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस् ।किनकि मेरा अपराधहरु म जान्दछु,र मेरो पाप सदा मेरो सामुन्ने छ । तपाईको बिरुद्धमा,केवल तपाईकै विरुद्धमा मैले पाप गरेको छु,र तपाईको दृष्टिमा जे खराब छ,त्यहि गरेको छु । यसैकारण बोल्नुहुँदा ठीक प्रमाणित हुनुहुन्छ,र न्याय गर्दा तपाई न्यायी ठहरिनुहुन्छ । साच्चै ,म जन्मँदा नै पापी थिएँ,र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ । निश्चय नै हृदयको सत्यता तपाई चाहाना गर्नुहन्छ,अन्तस्करणमा तपाई मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ । हिसबले मलाई शुद्ध पार्नुहोस्,र म शुद्ध हुनेछु । मलाई धुनुहोस्,र म हिउँभन्दा सेतो हुनेछु । मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्,र तपाईले चूर्ण पारिदिनुभएका हड्डीहरु आनन्दित होऊन् । मेरा पापहरुदेखि आफ्नो मुख लुकाउनुहोस्,र मेरा सारा अधर्महरु मेटिदिनुहोस् । हे परमेश्वर,ममा शुद्ध हृदय सृजनुहोस्,र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस् । मलाई तपाईको उपस्थितिबाट नहटाउनुहोस्,न त मबाट तपाईका पवित्र आत्मा लैजानुहोस् ।तपाईको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस् । तब अपराधीहरुलाई म तपाईका मार्गको शिक्षा दिनेछु,र पापीहरु तपाई तर्फ फर्कनेछन् । हे परमेश्वर,हे मेरा उद्धारकर्ता परमेश्वर,मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्,र मेरो मुखले तपाईका धार्मिकताको स्तुति गाउनेछ । हे परमप्रभु,मेरा ओठ खोलिदिनुहोस्,र मेरो जिब्रोले तपाईको प्रशंसाको घोषणा गर्नेछ ।किनकि तपाई बलिमा प्रसन्न हुनुहुन्न,नत्रता म बलि चढाउनेथिएँ ।होमबलिमा तपाई खुशी हुनुहुन्न । तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो । हे परमेश्वर,तोडिएको र पश्चात्तापी हृदयलाई तपाई तिरस्कार गर्नुहुन्न । भजनसंग्रह ५१M१–१७


प्रभुको बचन अध्ययन गर्नुहोस्

यदि तपाई परमेश्वरको पवित्रता र उहाँको कृपापूर्ण प्रेमको बारे अझ जान्न चाहनुहुन्छ भने,हामीलाई लेख्नुहोस् । हामी तपाइलाई ख्रीष्टको सुसमाचार,ध्यानपूर्बक र प्रार्थनाहरुको साथ निःशुल्क पठाउने छौं ।


उद्धारको सुसमाचार आफ्नो वरपर फैलाउनुहोस् ।

यदि यो पर्चाले तपाईको हृदय छोयो र तपाई यसलाई आफ्ना साथीहरुसँग बाँड्न चाहानुहुन्छ भने,हामी तपाईलाई सीमित संख्यामा यो ट्रयाक्स निःशुल्क पठाउन खुशी हुनेछौं—यदि तपाई यसलाई अख्रीष्टियनहरुमा बाँड्नुहुन्छ भने ।

हामी तपाईको पत्रको पर्खाइमा छौं । कृपया आफ्नो पूरा ठेगाना स्पष्ट रुपमा लेख्न नबिर्सनुहोस्,ताकि हामी तपाईलाई उत्तर पठाउन सकौ ।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 12, 2026, at 03:17 AM | powered by PmWiki (pmwiki-2.3.3)