Home
Links
Bible Versions
Contact
About us
Impressum
Site Map


WoL AUDIO
WoL CHILDREN


Bible Treasures
Doctrines of Bible
Key Bible Verses


Afrikaans
አማርኛ
عربي
Azərbaycanca
Bahasa Indones.
Basa Jawa
Basa Sunda
Baoulé
বাংলা
Български
Cebuano
Dagbani
Dan
Dioula
Deutsch
Ελληνικά
English
Ewe
Español
فارسی
Français
Gjuha shqipe
հայերեն
한국어
Hausa/هَوُسَا
עברית
हिन्दी
Igbo
ქართული
Kirundi
Kiswahili
Кыргызча
Lingála
മലയാളം
Mëranaw
မြန်မာဘာသာ
नेपाली
日本語
O‘zbek
Peul
Polski
Português
Русский
Srpski/Српски
Soomaaliga
தமிழ்
తెలుగు
ไทย
Tiếng Việt
Türkçe
Twi
Українська
اردو
Uyghur/ئۇيغۇرچه
Wolof
ייִדיש
Yorùbá
中文


ગુજરાતી
Latina
Magyar
Norsk

Home -- Nepali -- Tracts -- Tract 11 (Follow Me!)
This page in: -- Armenian -- Baoule? -- Burmese -- Chinese -- Dagbani? -- Dioula? -- English -- French? -- German -- Greek -- Hausa -- Hebrew -- Hindi -- Igbo -- Indonesian -- Japanese -- Korean? -- Lingala? -- Maranao -- NEPALI -- Peul? -- Somali -- Spanish -- Sundanese -- Telugu -- Thai? -- Turkish? -- Twi? -- Uzbek -- Wolof? -- Yoruba

Previous Tract

पथहरू 11 -- मलाई पछ्याउ! (मत्ती ९ः९)


मान्यता प्राप्त एयरलाइन्सबाट टाढाको देशमा उड्ने जो कोहीले पनि अवतरण गरेपछि, एउटा सानो कार उनीहरूको विमानतिर गइरहेको र त्यसको अगाडि बढिरहेको देख्न सकिन्छ। त्यो साधन यात्रुहरू ओर्लने ठाउँतिर बिस्तारै दौडिन्छ। त्यो सानो कारको छतमा तपाईंले ठूला अक्षरहरूले लेखिएको ठूलो चिन्ह देख्न सक्नुहुन्छ, “मलाई पछ्याउ।“

पुत्र ख्रीष्ट हुनुहुन्थ्यो। उहाँ नासरतको पहाडबाट तल यर्दन नदीको गहिरो उपत्यकामा तिबेरिया भन्ने झिल नजिकैको इलाकामा आउनुभयो। ख्रीष्ट कफर्नहुममा बसोबास गर्नुभयो, जहाँ धेरै ठाउमा जाने बाटोहरू जोडिएका थिए। त्यहाँ उहाँले उहाँ समक्ष आउने सबै बिरामीहरूलाई निको पार्नुभयो। उहाँले पापीहरूलाई तिनीहरूका दुष्ट कामहरूबाट पश्चात्ताप गर्न बोलाउनुभयो, र तिनीहरूलाई आफ्नो सान्त्वनादायी सुसमाचार प्रकट गर्नुभयो। उहाँकहाँ सबै ठाउँबाट टुटेका हृदय भएकाहरु र अपाङ्गहरू आए। सत्य जान्न चाहने सबै नजिक र टाढाबाट आए। तिनीहरू सबै अद्भुत चमत्कारहरू गर्न सक्षम अनौठो मानिसलाई हेर्न चाहन्थे। तिनीहरूले उहाँका शब्दहरूमा दिव्य शक्ति, मार्गदर्शन र राहत पाए।

पुत्र ख्रीष्ट हुनुहुन्थ्यो। उहाँ नासरतको पहाडबाट तल यर्दन नदीको गहिरो उपत्यकामा तिबेरिया भन्ने झिल नजिकैको इलाकामा आउनुभयो। ख्रीष्ट कफर्नहुममा बसोबास गर्नुभयो, जहाँयस जिल्लामा मत्ती नाम भएका एक कर उठाउने मानिस बस्थे। उनी रोमी साम्राज्य शक्तिका एक अधिकारी थिए। उनले यात्रुहरू र व्यापारिक सामान ढुवानी गर्ने हरेकबाट रोमीहरूको लागि भन्सार कर संकलन गर्थे। उनका आफ्नै यहूदी मानिसहरूले रोमीहरूलाई सहयोग गरेको भनि उनलाई सराप्थे, र उनीहरूले उनलाई घृणा गर्थे किनभने उनले उनीहरूबाट जति चाहे त्यति कर लिन्थे। उनलाई यात्रुहरूले चलाखी गरेको थाहा हुन्थ्यो र व्यापारीको सामान लुकाउने ठाउँहरू पत्ता लगाउँथे र उनीहरूलाई भन्सार तिरेरै जान बाध्य पार्थे। कसैलाई पनि भन्सार शुल्क तिर्न मन पर्दैन, तर मत्ती चलाख थिए र आफ्नो चलाख अनुभवको कारणले धेरै पैसा लिन सक्षम थिए।

यद्यपि, यस भन्सार अधिकारीले आफूले आर्जन गरेको धनसम्पत्तिको बाबजुद पनि आफ्ना मानिसहरूबाट अस्वीकृति भोग्नु पर्दा दुःखि थियो। उनको विवेकले उनलाई सताउथ्यो र उनी आफ्नो बेइमानीको कमाइ प्रति क्षमा पाउन चाहन्थे र पैसाको मोहबाट मुक्त हुन चाहन्थे। उनी आफूलाई घृणा गर्नेहरूप्रतिको घृणा हटाउन चाहन्थे र सफा मन सहितको शान्तिमय जीवनको आकंक्षा गर्थे ।

आफ्नो शहरमा बसोबास गर्नुहुने येशूको बारेमा सुनेपछि, उहाँबाट आवश्यक सहयोग पाउने आशामा उनी उहाँलाई चाडोगरी भेट्न चाहन्थे, मत्ती(कर उठाउने) परमेश्वर र मानिसहरूसँग शान्ति खोजिरहेका थिए, तर उनी एक अधिकारीको रूपमा भएकाले सार्वजनिक रूपमा नासरतका त्यस आकर्षक मानिसकहाँ जान सकेनन्। यद्यपि, येशूका शब्दहरू र उहाँले गर्नुभएको कामहरुका जुन भावनाहरु अनुभब गरे, त्यसले उनलाई उहाँलाई हेर्न र उहाँलाई एक्लै भेट गर्न झन बढी आशा र इच्छा जगायो।

”ख्रीष्ट हृदयका विचारहरू देख्न र पढ्न सक्षम हुनुहु्नछ। उहाँले यो तिरस्कार गरिएको भन्सार अधिकारीको हृदयमा गम्भीर चाहाना देख्नुभयो, र उहाँको सहयोग स्वीकार गर्न तयार रहेको महसुस गर्नुभयो। एक दिन जब उहाँ भन्सार कार्यालयमा भएर जादै हुनुहुन्थ्यो, उहाँले मत्तीलाई उहाँतिर हेरिरहेको देख्नुभयो। येशूले उहाँको हृदयको जाँच गर्नुभयो, पश्चाताप देख्नुभयो, र एकै वाक्यमा आज्ञा दिनुभयो, “मेरो पछि आउ!”

यो भन्सार अधिकारीले धेरै अगाडिदेखि नै परमेश्वरबाट आफ्नो लागि एउटा वचन सुन्ने अपेक्षा गरेका थिए। त्यसैले ख्रीष्टको आज्ञा पाउने बित्तिकै, उनले पहिचाहन गरे कि उनले आफूलाई छिटो र पूर्ण रूपमा नासरतका त्यस मानिसलाई सुम्पनुपर्छ। उनको आज्ञाबाट, मत्तीले देख्न सके कि यो अगमवक्ताले उनलाई तिरस्कार गर्दैनन् तर सबै नगरवासीहरूले उहाँलाई अस्वीकार गरे तापनि आफ्ना अनुयायीहरूको भीडमा उहाँलाई स्वीकार गर्न उनी तयार थिए। यो विचार उनको दिमाग र हृदयमा तिब्र गतिमा बिजुली जस्तै चम्कियो । उनले आँखाको एक निमेशमा बुझे कि उनले अहिले वा कहिल्यै काम गर्नुपर्छ। यो मेरो जीवनको मौका हो, उनले बिचार गरे। त्यसैले मत्ती तुरुन्तै उठे र कार्यालय अर्को अधिकारीलाई जिम्मा लाए र बिना शर्त येशूलाई पछ्याए।

ख्रीष्टलाई पछ्याउने भीड अचम्ममा परे। महान् चङ्गाइकर्ताले यो विश्वासघातीलाई स्वीकार गर्नुभएको कुरा तिनीहरूलाई बिलकुलै मन परेन। त्यसैले येशूले आफ्ना अनुयायीहरूलाई उहाँलाई पछ्याउनुको अर्थ के हो भनेर स्पष्ट पार्नुभयो र तिनीहरूलाई निम्न रहस्यका कुराहरु भन्नुभयोः

“यदि कोही मेरो पछि लाग्न इच्छा गर्छ भने, उसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस आफै उठाओस् र मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ; तर जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ उसले त्यो पाउनेछ।“ (मत्ती १६ः२४–२५)

येशूले आफ्ना चेलाहरूलाई यी शब्दहरूद्वारा हामी सबैले जान्नुपर्ने र बुझ्नुपर्ने सात रहस्यहरू वर्णन गर्नुहुन्छः

  1. धार्मिकताको चाहना: येशूले परमेश्वरको राज्यमा आउन चाहने हरेक ब्यक्ति लाई स्वागत गर्नुहुन्छ। तर उहाँ आफैंले सबैलाई पूर्ण–समय उहाँलाई पछ्याउन बोलाउनु भने हुनेछैन, तर केबल ती ब्यक्तिहरुलाई जसले आफैंले यो गर्ने निर्णय गरेका छन्। जो परमेश्वरको धार्मिकताको तड्पिरहेको छ र येशूलाई पछ्याउँदा आउने कठिनाइहरू बोक्न तयार छ, उसलाई प्रभुले बोलाउनुहुनेछ।
  2. आफूलाई इन्कार गर्नु र येशूको लागि बाँच्नु: येशूले आफ्ना पछ्याउनेहरूलाई सुरुदेखि नै भन्नुभएको थियो कि उनीहरू आफ्नो स्वार्थी जीवनबाट अलग हुनुपर्छ। उनीहरूले आफूलाई अरूभन्दा ज्यादा महत्त्वपूर्ण ठान्नुहुन्न। उनीहरूले जीवनका प्रलोभनहरूको प्रतिक्रिया जनाउनु हुँदैन र यस संसारका दैनिक चुनौतीहरूमा आफ्नो हृदय र मस्तिष्क स्थिर गर्नु हुँदैन। उनीहरूले येशूको खातिर आफ्नो अधिकारबाट अलग हुनुपथ्र्यो। त्यसकारण, परमेश्वरको थुमालाई पछ्याउने सबैले आफूलाई अगाडि बढाउन खोज्ने छैनन् तर व्यावहारिक रूपमा आफूलाई अस्वीकार गर्नेछन् र परमेश्वरको थुमालाई प्रेम र सेवा गर्नेछन्। येशूले हामीलाई हाम्रो अहंकारबाट छुटकारा दिन चाहनुहुन्छ ताकि हामी अब हाम्रा आफ्नै इच्छाहरू पूरा गर्न बाँच्न नपरोस्, तर येशूको लागि बाँचौं।
  3. आफूलाई जाँच्नु र पश्चात्ताप गर्नु: येशूले भन्नुभयो कि आफ्ना अनुयायीहरूलाई आफूलाई धर्मी ठान्नु हुँदैन र आफूलाई धर्मी ठहराउने प्रयास गर्नु हुँदैन। बरु यसको विपरीतः उनीहरूले परमेश्वरको उपस्थितिमा आफूलाई जाँच गर्नुपर्छ, यो स्वीकार गर्दै कि प्रत्येक व्यक्ति, उसको स्वभाव अनुसार, दुष्ट र सडेको छ र क्रूसमा टाँगिन योग्य छ। येशूले हामीलाई उहाँको क्रूस बोक्न भन्नुभएन, तर हाम्रो आफ्नै क्रूस बोक्न भन्नुभयो। यसको अर्थ हरेक पापी मानिसले परमेश्वरको पवित्रता अनुसार आफ्नो न्याय गर्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ। उसले प्रभुलाई आफ्ना पापहरू स्वीकार गर्नुपर्छ र सम्मान, प्रतिष्ठा र प्रसिद्धिको आफ्नो काल्पनिक जीवनको लागि मर्नुपर्छ। प्रेरित पावलले भनेका छन्, “म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु; र अब उप्रान्त जीउने म होइन, तर ख्रीष्ट ममा जीउनुहुन्छ।“ (गलाती २ः२)
  4. येशू झै हुनु: जसले येशूलाई पछ्याउँछ, उसले सुसमाचारमा उहाँको आवाज सुन्नेछ , विश्वासद्वारा उहाँलाई बुझ्नेछ र ऊ उहाँकै स्वरूपमा ढालिनेछ। जसले येशूलाई पछ्याउँछ, उसले आफ्नो प्रभुका बिशेषताहरु पहिचान गर्नेछ र उहाँको सकारात्मक शक्तिको अनुभव गर्दै उहाँको योजनाहरू अधिक,अधिक रुपमा बुझ्नेछ । त्यसकारण, येशूमा भरोसा राख्ने अनुयायी आफ्नो मुक्तिदाताको चित्रमा परिणत हुनेछ। उसले परमेश्वरको प्रेम, ख्रीष्टको आनन्द र पवित्र आत्माको शान्तिको अर्थ के हो भनेर सिक्नेछ। उसले धैर्यवान बन्न र ख्रीष्टको विश्वासयोग्यता र दया उसमा बसोबास गर्दा आफ्ना शत्रुहरूलाई प्रेम गर्न सिक्नेछ। उसले येशूको नम्रता, विनम्रता र आत्म–नियन्त्रण प्रतिबिम्बित गर्न सिक्नेछ।
  5. येशूको बारेमा अरूलाई भन्नु: ख्रीष्टले आफ्ना अनुयायीहरूलाई तिनीहरूको वरपरको क्षेत्रमा सक्रिय सेवामा लगाउनुभयो। तिनीहरूले उहाँमा देखेका सबै कुरा र पवित्र आत्माको फलबाट तिनीहरूको जीवनमा बढ्दै गरेका सबै कुराहरू अरूलाई गवाही दिनु थियो। येशूलाई स्वीकार गर्ने सबैले अन्य श्रोताहरूलाई अनन्त जीवन प्रदान गर्छन्। ख्रीष्टको मुख्य उद्देश्य मानिसहरूको अवस्था परिवर्तन गर्नु होइन; उहाँ नयाँ मानिसहरू बनाउन चाहनुहुन्छ, जसले तिनीहरूको कमजोरीमा आफ्नो शक्ति पूरा गर्छ। उहाँले आफ्ना साक्षीहरूको जीवन र शब्दहरू मार्फत यो गर्नुहुन्छ। येशू आफ्ना अनुयायीहरू मार्फत आफ्ना उद्देश्यहरू पूरा गर्न चाहनुहुन्छ। यदि तिनीहरू उहाँमा रहे जसरी दाखको बोटमा हाँगा रहन्छ त्यसरी नै तिनीहरूले दाखको बोटमा झै धेरै फल फलाउनेछन्।
  6. सतावट आउनेछ: जसले ख्रीष्टको धार्मिकताको अनुग्रह प्राप्त गर्छ, पवित्र आत्माको बसाईद्वारा उहाँको अनन्त जीवन उसमा वास गर्नेछ। प्रायः उसले यस संसारमा आफूलाई अपरिचित भएको अनुभव गर्नेछ। साथीहरूले उसलाई गिल्ला गर्नेछन् र अस्वीकार गर्नेछन्। तिनीहरूले उसको बारेमा झूट बोल्न सक्छन् र घृणा पनि गर्न सक्छन्। येशूलाई जस्तै, सम्भवत् ,उहाँका अनुयायीहरूलाई पनि हुनेछ। यस संसारको आत्माले परमेश्वरको आत्मालाई घृणा गर्छ र उहाँको विरुद्धमा लड्छ र उहाँको विरोध गर्छ तर ख्रीष्टको प्रेम र उहाँका आशीर्वादहरू संसारका श्रापहरू भन्दा बलिया छन्। मृत्युबाट बच्न र आफ्नो प्रभुको सेवा जारी राख्न प्रेरित पावल आफू एक शहरबाट अर्को शहरमा भाग्नुपरेको थियो।
  7. ख्रीष्ट विश्वासीहरूसँग बाँधिएका हुनु: क्रूसमा टाँगिएका ख्रीष्ट मृत्युपछि पुनरुत्थान हुनुभयो र मृत्युमाथि विजय हासिल गर्नुभयो। उहाँ स्वर्गमा उचालिनुभयो तर उहाँ आफ्ना अनुयायीहरूलाई जम्मा गर्न र स्वर्गमा उहाँको पिताकहाँ लैजान फेरि आउनुहुनेछ। ख्रीष्टले आफ्ना विश्वासी सेवकहरूलाई आफ्नो पछाडि तान्नुहुनेछ ताकि तिनीहरू उहाँ जहाँ हुनुहुन्छ त्यहीं हुनेछन्। उहाँको प्रेम र विश्वासयोग्यता तिनीहरूको भविष्यको लागि ग्यारेन्टी हो। येशूको अनुयायी हुनुको अर्थ उहाँले आफ्नो पापपूर्ण मृत्युद्वारा हामीलाई पापबाट छुटकारा गर्नुहुनेछ र न्यायको दिनमा हामीलाई धर्मी ठहराउनुहुनेछ। उहाँले हामीलाई अनन्त बन्धनमा बाँधेर हाम्रो चरित्रलाई पवित्र बनाउनुहुन्छ। उहाँले हामीलाई धैर्यताका साथ बोक्नुहुन्छ, यस जीवनका प्रलोभनहरूमाथि विजय प्राप्त गर्न उहाँको स्वर्गीय महिमामा पुग्न मद्दत गर्नुहुन्छ।

सुसमाचार प्रचारक मत्तीले ख्रीष्टलाई पछ्याउँदा यी भिन्न–भिन्न चरणहरू अनुभव गरे। उनले येशूको नयाँ व्यवस्थामा भएका आज्ञाहरूलाई बुझे, आफ्नो हृदयमा राखे र ठीकसँग लेखे। (मत्ती ५ः१ – ७ः२९ पढ्नुहोस्) अन्य प्रेरितहरूले उनलाई ख्रीष्टका वचनहरू सङ्कलन र संरक्षण गर्न नियुक्त गरे (लूका १ः२)। उनले सबै सुसमाचारका विवरणहरूमध्ये सबैभन्दा लामो लेखे। उनले आफ्नै विचारहरू लेखेनन् तर येशूलाई उहाँका शब्दहरू, कामहरू र प्रार्थनाहरूमा दर्ज गरे। यो स्वीकार गरिएको छ कि मत्ती आफ्नो मायालु प्रभुको विश्वासयोग्य साक्षी थिए। हामी यूहन्नालाई ख्रीष्टको प्रकाशनमा पढ्छौं कि मत्ती स्वर्गमा नयाँ यरूशलेमको लागि बहुमूल्य आधार पत्थरहरू मध्ये एक हुनेछन् (प्रकाश २१ः१४.१९–२०)।

येशूलाई पछ्याउने सवालमा मत्तीले आफ्नो पद र सबै सम्पत्ति त्यागेका थिए। येशूसँगै हिड्न सजिलो थिएन, तर प्रभुले दिनानुदिन दिनुभएको थोरै थोकमा सन्तुष्ट हुन उनले सिके। उनी एक समय भन्सार अधिकारी भई मानिसहरूमाथि अधिकार जमाएका थिए; यद्यपि, येशूलाई पछ्याउँदा, उनले ख्रीष्टलाई तिरस्कार गर्ने धर्मीहरूको घृणा सहनुपर्ने थियो। जब येशूलाई हिरासतमा लिइएको र सजाय सुनाइयो तब त्यही रात उनी अरू चेलाहरूसँग भागे।

अघिका दिनहरुमा मत्ती आफ्ना कर्मचारीहरूमाथि स्वतन्त्र शासक थिए तर येशूलाई पछ्याउँदा उनले आज्ञाकारिता र समर्पण सिक्नुपथ्र्यो। मत्तीले पृथ्वीमा आफ्नो सुरक्षा त्यागेका थिए र आफ्ना प्रभुको हेरचाहमा सन्तुष्ट हुन सिकेका थिए। रोमीहरूसँगको आफ्नो कामको लागि बहिष्कृत हुनबाट उनले आफ्नो एक्लोपन त्यागेका थिए र येशूका अनुयायीहरूको संगतिमा सहभागि भएका थिए। ख्रीष्टले उनलाई उनका पापहरूबाट स्वतन्त्र गर्नुभयो र उनलाई आफ्नो पवित्रतामा ल्याउनुभयो। प्रभुले उनलाई उनको विवेकको निन्दाबाट बचाउनुभयो ताकि उनी परमेश्वर र मानिसहरूसँग शान्तिमा बस्न सकून्। मत्तीले परमेश्वर, उहाँको पुत्र र उहाँका अनुयायीहरूको प्रेमद्वारा पवित्र आत्माको शक्तिद्वारा यस संसारको एक्लोपनबाट बच्न सके।

येशूले मत्तीलाई आदेश दिनुभयोः “मेरो पछि लाग!” उहाँले उनलाई कुनै दार्शनिक वा राजनीतिक दलको पछि लाग्न भन्नुभएन, तर परमेश्वरको ईश्वरिय(अवतारित) वचनको पछि लाग्न भन्नुभयो। येशू नै उनको भविष्य र सफलताको एक मात्र सुनिश्चितता हुनुहुन्थ्यो। त्यसकारण प्रभु मत्तीको लागि उनको उपचारकर्ता, पवित्रदाता,उद्धारक, उद्धारकर्ता र जीवनमा शक्तिको स्रोत बन्नुभयो। येशू मत्तीको मुक्तिदाता हुनुहुन्छ। परमेश्वरको थुमा न्यायमा मत्तीको विकल्पको रूपमा मर्नुभयो। त्यसैले मत्तीले उहाँमा विश्वास गरे र पत्रुसका शब्दहरू सहित लिखित रूपमा स्वीकार गरे, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।“ (मत्ती १६ः१६)

के तपाईं साँचो,
गहिरो चाहनाका साथ परमेश्वरको प्रतिक्षा गर्नुहुन्छ? के तपाईंले आफ्नो सृष्टिकर्ता र स्वर्गीय पितासँग शान्तिमा बस्ने निर्णय र चाहना गर्नुभएको छ? के तपाईं येशूको बारेमा थप जान्न अनि असल र खराब दिनहरूमा उहाँसँग रहिरहन चाहनुहुन्छ? आफैलाई जाँच्नुहोस्, यदि तपाईंले येशूले मत्तीलाई सम्बोधन गर्नुभएको शब्दहरूमा “मेरो पछि लाग“ भनेर बोलाउनुभएको सुन्नुभयो भने, तपाईंले निर्णय लिनुपर्छ। विमानस्थलमा सानो कारलाई पछ्याउँदै गरेको ठूलो हवाइजहाजलाई सम्झनुहोस्, जसले त्यसलाई त्यसको उचित गन्तव्यमा डोर्याउनेछ। त्यसै गरी, येशूले तपाईंलाई अधर्म र पापबाट तपाईंको उचित गन्तव्यमा उहाँलाई पछ्याउन आह्वान गर्नुहुन्छ। परमेश्वर, जो तपाईंको जीवनको उद्देश्य हुनुहुन्छ। ख्रीष्टलाई पछ्याउनुहोस् र तपाईं सन्तोषजनक आनन्दको साथ एक नयाँ व्यक्ति बन्नुहुनेछ, र तपाईंले अरूसँग आफ्नो आनन्द बाँड्नुहुनेछ। यदि तपाईंले माग गर्नुभयो भने हामी तपाईंलाई थप आध्यात्मिक साहित्य निःशुल्क पठाउन तयार छौं।

WATERS OF LIFE
P.O. BOX 60 05 13
70305 STUTTGART
GERMANY

Internet: www.waters-of-life.net
Internet: www.waters-of-life.org
e-mail: info@waters-of-life.net

www.Waters-of-Life.net

Page last modified on May 13, 2026, at 03:43 AM | powered by PmWiki (pmwiki-2.3.3)